२०८१ माघ ६
विष्णुहरि आचार्य योगिराज
विश्व स्वस्थ्य संगठनका अनुसार स्वस्थ्य भनेको केवल रोगबाट मुक्त हुनु मात्र नभइ शारिरीक , मानसिक, सामाजीक र आध्यात्मिक रुपमा स्वस्थ्य हुनु हो । शारीरिक रुपमा स्वस्थ्य छौं तर मनमा दुःख र पीडाका भावहरु सलवलाइ रहेका छन भने त्यसले मानसिक रोगका कारणहरु पैदा गरिरहेको हुन्छ । जसले गर्दा सामाजिक स्वस्थ्य र आध्यात्मिक स्वस्थ्यमा समेत उत्तार चढाव आइरहन्छ । त्यसैले स्वस्थ्यका लागि आहार, निद्रा, व्रह्मचर्य, ब्यायाम, स्नान र ध्यान यी महत्वपूर्ण छ वटा विधिहरुको चर्चा आयुर्वेद तथा योग चिकित्साले गरेको छ ।
आहारः सन्तुलित आहारले स्वस्थ्य शरिर निर्माण हुन्छ । आहारको प्रभाव शरिरमा मात्र नभएर मनमा पनि पर्दछ । शात्विक, उचित मात्र र ऋतु अनुकुल भोजन हाम्रो शरिरको लागि अति आवश्यक छ । हाम्रो शरिरको वनावट र संरचनामा ८० प्रतिशत क्षार र २० प्रतिशत अम्ल तत्व हुन्छ । हामीले प्रयोग गर्ने खानामा यो सन्तुलन मिलेको हुनु पर्दछ । तर हामीले खाने खानामा क्षारिय तत्व भन्दा अम्लिय तत्व धेरै छ । क्षारिय तत्व भएका खानाहरु हरिया तरकारी सागपात, फलफुल, सलाद, आटो, ढिडो र चोक्कर युक्र रोटी आदि हुन । भने अहिले हामीले प्रयोग गर्ने अधिकांश प्याकीगं खानाहरुमा अम्लिय तत्व धेरै हुन्छ । हामीले प्रयोग गर्ने खानामा २० देखि ४० प्रतिशत भात वा रोटी र ६० देखि ८० प्रतिशत तरकारी र सलाद हुनु पर्दछ ।
आयुर्वेद मत अनुसार हाम्रो खानामा मधुर, अम्ल, लवण, कटु, तिक्त र कषाय रस भएका तत्वहरु हुनु पर्दछ । जसले क्षारिय र अम्लिय सन्तुलन कायम राम्रो तरिकाले हुने गर्दछ । खाना खादा पेट(आमासय) आधा भाग मात्र ठोस खाना खानु पर्दछ भने पानी वा झोल पदार्थ र बायु सञ्चारको लागि आधा भाग छोड्नु पर्दछ । जसले गर्दा पाचन क्रिया सधै चुस्त दुरुस्त रहन्छ ।
विहानको खाना ८ देखि ९ बजे भित्रमा हल्का सुपाच्य हुनु पर्दछ । दिउसोको खाना भात रोटी तरकारी, दाल हल्का कडा हुने भएकाले ११ देखि १२ बजे भित्रमा उत्तम मानिन्छ । रातीको खाना सुत्नु भन्दा २ घण्टा अगाडी खानु स्वस्थ्यका लागि अति महत्वपूर्ण छ ।
निद्राः निद्रा आफैमा सुख अनुभुती हो । एक स्वस्थ्य ब्यक्तिको लागि दिनमा ६ घण्टा निद्रा आवश्यक पर्दछ । तर बालक तथा वृद्धहरुका लागि ८ घण्टा निद्रा अनिवार्य छ । मनको चञ्चलता, अनावश्यक सोचाई र जीवन शैलीमा आएका परिवर्तन जस्ता कारणहरुले निद्राको सन्तुलन विग्रन जान्छ । जसले गर्दा अम्लपित्त, उच्च रक्तचाप र मानसिक तनाव जन्य रोगहरु लाग्न सक्दछन । त्यसैले राती १० बजेभित्र सुत्ने र विहान सुर्योदय भन्दा एक घण्टा अगाडी उठ्ने बानीले सन्तुलित स्वस्थ्यमा सकारात्मक उर्जा प्रर्वाह गर्दछ ।
व्रह्मचर्यः अत्याधिक काम वासनाका कारण हाम्रा ज्ञानेन्द्रियहरु र मनमा एक किसिमको चञ्चलता बढीरहेको हुन्छ । इन्द्रियहरु आफ्नो स्वभाविक प्रक्रिया भन्दा बाहिर सलवलाइ रहेका हुन्छन । मनमा नकरात्मक भावना हरु आइरहन्छन । मन काम वासनामा घुमिरहन्छ । जसले गर्दा मान्छेका दैनिक क्रियाकलापहरुमा अवरोध पैदा हुन्छ । त्यसैले आफ्ना इन्द्रिय एंव मनलाई काम वासनाका नकरात्मक भावबाट हटाएर इश्विरिय प्रथानाका साथ परोउपकारमा लगाउनु नै व्रह्मचर्य हो । जसको ब्यवहारिक अभ्यासले शारिरिक तथा मानसिक रोगलाई न्यूनिकरण गर्दै उच्च मनोवल प्राप्त गर्न सकिन्छ ।
व्यायामः आधुनिक विकास सगै शहरमा वस्ने मानिसहरुको जनसंख्या तीव्र रुपले बढीरहेको छ । बदलिदो जीवन शैली सगै शारिरीक श्रमको कमीले गर्दा मान्छेका शरिर मेसिन जस्तै हुदैछन । हाम्रो शरिरलाई स्वास्थ्य राख्न जसरी सन्तुलित आहारको आवश्यकता पर्दछ, हामीले खाएको अआहारलाई पचाउन र शरिरीमा उर्जा प्राप्त गर्न सन्तुलित व्यायाम पनि महत्वपूर्ण छ । विश्व स्वस्थ्य संगठनका अनुसार शारिरीक निष्कृयताका कारणले मात्रै लाग्ने नसर्ने रोगहरु मुटु एंव उच्च रक्तचाप जन्य समस्या ३५ प्रतिशत, मधुमेह ४० प्रतिशत, क्यान्सर ४० प्रतिशत र अन्य मोटोपन जन्य समस्याले लाग्ने रोगहरुको अनुपात दिनप्रतिदिन बढ्दो क्रममा छ । स्वस्थ्य रहन हप्तामा एक सय ५० मिनेट व्यायाम गर्नु आवश्यक छ । व्यायाम सामान्य, मध्यम र कडा गरी तीन किसिमका छन ।
दैनिक क्रियाकलाप गर्दा हुने शारिरीक सक्रियतालाई सामान्य व्यायाम भनिन्छ । व्यायाम गर्दा स्वा स्वा हुने अवस्थालाई मध्यम व्यायाम भनिन्छ । त्यस्तै व्यायाम गर्दा वोल्न समेत गाह्रो हुने अवस्था कडा व्यायाम हो । स्वस्थ्य रहन दैनिक तीन घण्टा सामान्य व्यायम, ४५ मिनेट मध्यम व्याम र ३० मिनेट कडा व्यायाम गर्नु पर्दछ । मर्निङ वाक गर्दा हाम्रो हिडाइको गति ३० देखि ४० प्रतिशत छिटो हुनुपर्दछ । तव मात्र मर्निङवाकलाई व्यायाममा समेट्न सकिन्छ । नियमित र अनुशासित व्यायामले ४० प्रतिशत नसर्ने रोग न्यूनिकरणका साथै रोग प्रतिरोधक क्षमतालाई चुस्त दुरुस्त राख्न महत्वपूर्ण भुमिका खेल्दर्छ । वदलिदो जीवन शैलीले पैदा गरेको अर्को महत्वपूर्ण पाटो मानसिक तनाव हो । ८० प्रतिशत मानसिक रोग तनावको कारणले हुने एक अध्यानले देखाएको छ । आजको प्रतिस्पर्धी जमानामा ब्यक्तिगत, पारिवारिक, अफिसियल र सामाजीक विभिन्न कारणहरुले तनाव श्रृजना हुने गर्दछ । जसले गर्दा हाम्रो मनमा वेचैनी, वेखुशी वा चञ्चलता जस्ता नकरात्मक भावहरु तरङगीत हुन्छन । मनमा आउने त्यस्ता नकरात्मक भावना हरुलाई न्यूनिकरण गर्न योग प्रणायामको प्रयोगात्मक अभ्यास महत्वपूर्ण मानिन्छ । मनका वृत्तिहरुको निरोध नै योग हो । दैनिक ३० देखि ४० मिनेट गर्ने योग अभ्यासले मानसिक तनाव जन्य महत्व काक्षाी भावहरुलाई क मगर्दै सरल जीवन जिउने आधारहरुको विकास गर्दछ । जसले गर्दा शारिरीक निष्कृयता जन्य रोग र मानसिक तनाव जन्य रोग न्यूनिकरणमा ठूलो टेवा मिल्दछ ।
स्नानः व्यायाम र योग आदि प्रयोगात्मक अभ्यास पछि बाहिरी शरिरमा आएको फोहोर मैलालाई हटाउने क्रिया स्नान हो । कडा व्यायम गरिसकेपछि केही क्षणको आराम पश्चात स्नान गर्नु पर्दछ । सफा पानीले सम्पूर्ण शरिरलाई धुने र पखाल्ने क्रियालाई स्नान अथवा नुहाउनु भनिन्छ । स्नानले शरिरमा ताजा उर्जा थप्र्दछ । भोक बढाउछ । शरिरको गर्मी कम हुन्छ । दवाव थकान हरु हटाउन पनि स्नान महत्वपूर्ण छ । आफ्नो शरिरको रोगलाई विचार गर्दै सामान्य ब्यक्तिहरुले चिसो पानीले स्नान गर्नुपर्दछ । तातो पानीले स्नान गर्नाले पाचन क्रिया घट्ने, आखाको ज्योती कम हुने, असमयमै कपाल फुल्ने तथा कपाल झर्ने जस्ता समस्याहरु आउन सक्दछन । स्नान गरिसकेपछि शरिरलाई खादी वा सुती कपडाले पुछ्नु पर्दछ । स्नान पछि एक दुई घण्टा आराम गरी शरिरमा तेल मालिस गर्नु पर्दछ । जसले शरिरमा नया उर्जा थप्न महत्वपूर्ण भुमिका खेल्दछ ।
ध्यानः स्नान आदी नृत्य कर्मपछि प्रत्येक दिन १० देखि १५ मिनेट पूर्णतया एकाग्र भावमा रहेर धयान गर्नु पर्दछ । आफ्नो धर्म सस्कृति, वैद्धिक मन्त्र र इश्वरिय शक्ति प्राप्तीको आशय राखी गरेको ध्यान अभ्यासले मनका वृत्तिहरुको निरुद्ध गरि उच्च मनोवल र उच्च आत्मवल विस्तारमा अत्यन्त महत्वपूर्ण भुमिका खेलेको विभिन्न अध्यानहरुले पुष्टी गरेका छन । ध्यान मानसिक रोग न्यूनिकरणको एउटा साधना पनि हो ।
लेखकः लुम्बिनी आयुर्वेद चिकित्सालयमा कार्यरत आयुर्वेद स्वास्थ्य सहायक तथा योग अभियान्ता हुन