२०८१ भाद्र २३

असार २९ मा भानुभक्तलाई सम्झदा
  • लुम्बिनी खोज
  • २०८१ असार २९, शनिबार १४:५५ गते

विकल्प घिमिरे
आज असार २९, नेपाली साहित्यको इतिहासमा एउटा महत्वपूर्ण दिन आदिकवि भानुभक्त आचार्यको जन्मदिन। साहित्यमा रुचि राख्नेहरूले आज उहाँको सम्झनामा विभिन्न कार्यक्रम गरेर भानु जयन्ती मनाउँदै छौं।
पृथ्वीनारायण शाहले नेपाल एकीकरण गरेर महत्वपूर्ण योगदान दिएको इतिहासमा हामी पढ्छौ । त्यस्तै नेपाली भाषा साहित्यमा भानुभक्त‌ले महत्त्वपूर्ण योगदान पु¥याएका छन् । भानुभक्तले सास्कृतिक रूपमा नेपाली भाषालाई एउटै मालामा गाँसेर भाषीय एकीकरण गरेकाले उनको योगदान उच्च रहेको छ।

यस्तो छ, भानुभक्तको जिवनी


भानुभक्त आचार्य तनहुँ जिल्लाको रम्घा गाउँमा जन्मेको थिए । उनको जन्म वि स १८७१ असार २९ गते भएको थियो । उनले नेपाली भाषामा निकै ठुलो योगदान गरेका छन् । भानुभक्तको सबैभन्दा ठूलो योगदान वाल्मिकी रामायणलाई संस्कृतबाट नेपालीमा अनुवाद गर्नु हो । नेपालीभाषा साहित्यमा महत्वपूर्ण योगदान पुऱ्याएकाले उनलाई आदिकवि पनि भनिन्छ। रामायणलाई नेपालीहरूले घर घरमा भाका हालेर गाउन थालेपछि तत्कालिन नेपाली स‌माजलाई भाषिक एकताको सुत्रमा गासिन सहज भएको थियो । उनकै योगदानले गर्दा खस भाषा नेपालको राष्ट्र भाषा बन्न सफल भएको थियो । उनले रामायण बाहेक वधुशिक्षा, भक्तमाला, प्रश्नोत्तर लगायतका पुस्तकहरू पनि नेपाली भाषमा लेखेका छन्। उनका कृतिमा तत्कालीन समाजमा प्रचलित वभिन्न दृष्टान्तलाई झल्काइएको छ।  उनको मृत्यु १९२५ मा भएको हो । उनी यस संसारमा नभए पनि नेपाली भाषा प्रति अगाध माया र सेवा गरेबापत नेपाली साहित्य संसारले उनलाई कहिल्यै बिर्सने छैन । नेपाली भाषको वाणीमा पहिलो प्राण भर्ने गुरु भानुभक्त आचार्यको ऋणबाट नेपाल र नेपाली कहिल्यै मुक्त हुन सक्दैनौं।
नेपाली भाषालाई लोकप्रिय बनाउन महत्त्वपूर्ण भूमिका खेलेका आदिकवि भारतीय नेपाली भाषीबीच पनि उत्तिकै लोकप्रिय छन् । प्रख्यात अनुवादक, कवि तथा प्राज्ञ भानुभक्त प्रति आज आसार २९ गते भानुजयन्तीको दिनमा हामि सबैले उहाँ प्रति उच्च सम्मान प्रकट गरौं ।

                                                                                                                                               –कक्षा ८, नवीन औद्योगिक कदर बहादुर रीता मा.वि बुटवल