२०८१ आश्विन ५

नेप्से २४२४ अंकमा,साढे १५ अर्ब नाघ्यो कारोबार
  • लुम्बिनी खोज
  • २०८१ श्रावण ३, बिहीबार ११:२१ गते

बुटवल ३ साउन ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ५९.६८ अंकले बढेको छ । आज नेप्से २ हजार ४२४. ३२ को बिन्दुमा पुगेर बन्द भएको छ । २७ महिनापछि बिहीबार नेप्से २ हजार ४२४. ३२ को बिन्दुमा पुगेर बन्द भएको हो ।
यसअघि २०७८ सालको चैत महिनामा नेप्से परिसूचक २४ सयको बिन्दुमा थियो । आज १५ अर्ब ५४ करोड ८८ लाख सात सय ३८ रुपैयाँको कारोबार भएको छ। त्यस्तै ३ करोड ९९ लाख कित्ता सेयर किनबेच भएको छ ।
यसअघि बुधबार ५४.०४ अंकले वृद्धि भएको थियो भने मंगलबार ७०.१८ अंकले बढेको थियो ।