२०८१ चैत्र ३
बुटवल ६ साउन ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक आइतबार ६१.६१ अंकले बढेको छ । आज दुई हजार चार सय ८५.९४ विन्दुमा नेप्से कायम भएको छ ।
आज ३१५ कम्पनीका चार करोड ११ लाख ९५ हजार कित्ता सेयर खरिद–बिक्री भएका छन् । त्यस्तै १५ अर्ब २३ करोड ८२ लाख ७१ हजार रुपैयाँबराबरको कारोबार भएको छ। यसअघि बिहीबार पनि १५ अर्बभन्दा धेरैको सेयर कारोबार भएको थियो।
आज १८१ कम्पनीको सेयर मूल्य बढ्दा ५६ कम्पनीको मात्रै मूल्य घटेको छ।