२०८१ भाद्र २३

लुम्बिनीको मुख्यमन्त्रीमा आचार्य नियुक्त
  • लुम्बिनी खोज
  • २०८१ श्रावण ७, सोमबार ११:४३ गते

 

बुटवल ७ साउन।
लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा एमालेका चेतनारायण आचार्य नियुक्त भएका छन् । एमाले संसदीय दलका उपनेता रहेका आचार्यलाई प्रदेश प्रमुख अमिक शेरचनले नेपालको संविधान अनुसार मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।

संबिधानको धारा १६८ को उपधारा २ बमोजिम आचार्यलाई मुख्यमन्त्रीमा नियुक्त गरेको प्रदेश प्रमुखको कार्यालयद्धारा जारी विज्ञप्तीमा उल्लेख छ ।अर्घाखाचीबाट प्रदेश सभामा निर्वाचित आचार्य यस अघिका प्रदेश सरकारमा तीन पटक मन्त्री बनेका थिए ।