२०८१ भाद्र २३

बस ब्यवसायी प्रालि र बुटवल हस्पिटलबीच उपचार सम्झौंता
  • लुम्बिनी खोज
  • २०८१ श्रावण ८, मंगलवार १०:४२ गते

 

बुटवल ८ साउन ।
बिरामीहरुको उपचारमा सहजता ल्याउनका लागि बुटवल हस्पिटल प्रा.लि.ले यस क्षेत्रका संघ संस्था मार्फत पनि उपचार सहजता सम्झौता अघि बढाएको छ । यसै क्रममा मंगलबार नेपालकै ठूलो मध्येको एक धेरै यातायात व्यवसायीहरु आवद्ध रहेको पश्चिम नेपाल बस व्यवसायी प्रा लीसंग उपचार सहजता सम्झौता गरेको छ ।
भौतिक पुर्वाधार, अत्याधुनिक प्रविधि र दक्ष जनशक्तिको संयोजन गरि नमुना अस्पतालका रुपमा अघि बढेको बुटवल हस्पिटलले अब पश्चिम नेपाल बस व्यवसायीसंगको सहकार्यमा उपचार प्रक्रिया अघि बढाउने छ । सम्झौता पछि पश्चिन नेपाल बस व्यवसायी प्रा ली को सिफारिसमा बुटवल हस्पिटलले बिरामीको उपचार गर्ने छ । त्यसरी संस्थागत सिफारिसमा आउने विरामीहरुका लागि हस्पिटलले विशेष छुट सहित उपचार गर्ने गरि लिखित सम्झौता गरेको हो ।
सम्झौतामा बुटवल हस्पिटल प्रा.लि.का अध्यक्ष चुन्न प्रसाद शर्मा पौडेल र बस व्यवसायीका तर्फबाट संचालक तथा दुर्घटना शाखा संयोजक जिवन बञ्जाडे र दुर्घटना शाखा प्रमुख सुरेश न्यौपाने हस्ताक्षर गरेका छन् ।

सो अवसरमा बुटवल हस्पिटल प्रा. लि.का अध्यक्ष पौडेलले बुटवल हस्पिटल सरल सहज सुविधा सम्पन्न अस्पताल बनेको बताउदै अबका दिनमा यहांका बिरामीहरु उपचारका लागि राजधानी काठमाडौं देखि भारतिय शहरहरुमा जानु पर्ने अवस्थामा कमि ल्याउने उद्देश्य रहेको बताए । उनले भने –अहिले पनि धेरै बिरामीहरु भारतिय शहरहरुमा जाने र ठुलो धनराशी खर्च गर्ने अवस्था छ, हामीले त्यसलाई रोक्ने र गुणस्तरिय सेवा दिने विषयमा लाग्नु पर्दछ । उनले देशभरी नै संजाल रहेको पश्चिम नेपाल बस व्यवसायी प्रा.लि. संगको सहकार्यले बिरामीहरुलाई थप सेवा र सहजता हुने बताए ।
सम्झौता पत्रमा हस्ताक्षर गर्दै पश्चिम नेपाल बस व्यवसायी प्रा.लि.का संचालक तथा दुर्घटना संयोजक जिवन कुमार बञ्जाडेले यस क्षेत्रमै अस्पतालकै लागि भनेर बुटवल हस्पिटलको भवन बनेको भन्दै यहांको सेवा सुविधाले बिरामीहरुलाई धेरै सहज हुने विश्वास ब्यक्त गरे ।
उनले भने, बुटवलमा पहिलो पटक सुविधा सम्पन्न अस्पताल बनेको छ, अब यहांका बिरामीलाई महागो शुल्क तिरेर काठमाडौं या भरत पठाउन पर्दैन, यो अस्पताल बुटवलवासीको हो यसलाई सबैले सहयोेग गनुपर्छ । बुटवल हस्पिटलसंग पश्चिम नेपाल बस व्यवसायी प्रा लीको उपचार सम्झौता संगै देशभरीका व्यवसायीहरुका लागि पनि सहज हुने प्रा लीका दुर्घटना शाखा प्रमुख सुरेश न्यौपालेले बताए । सम्झौता भएसंगै अब पश्चिम नेपाल बस व्यवासयी प्रा लीमा आवद्ध यातायातमा सबार यात्रु, कर्मचारी, मजदुर, व्यवसायी र उनिहरुको परिवारको उपचार बुटवल हस्पिटलमा विशेष छुट सहित हुने छ ।