२०८१ भाद्र २३

नेप्से ७५ अंकले बढ्यो, २५६३.४३ विन्दुमा
  • लुम्बिनी खोज
  • २०८१ श्रावण ८, मंगलवार १०:५२ गते

बुटवल ८ साउन ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक आज ७५.३३ अंकले बढेको छ । आज ३.०२ प्रतिशतले बढेर नेप्से दुई हजार पाँच सय ६३.४३ विन्दुमा पुगेको छ।
कुल ३१७ कम्पनीको तीन करोड ९७ लाख ९० हजार कित्ता सेयर खरिदबिक्री भएको छ ।पछिल्ला केही दिनहरूमा कारोबार रकम लगातार १० अर्बभन्दा माथि रहँदै आएकोमा आज १४ अर्ब ११ करोड ६३ लाख ३० हजार रुपैयाँबराबरको कारोबार भएको छ। आज २२० कम्पनीको सेयर मूल्य बढ्दा २० कम्पनीको मूल्यमा मात्रै गिरावट आएको छ।