२०८१ भाद्र २३

नेप्से ३२ अंकले बढ्यो
  • लुम्बिनी खोज
  • २०८१ श्रावण १०, बिहीबार ११:३९ गते

बुटवल १० साउन ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक साताको अन्तिम कारोबार दिन बिहीबार दोहोरो अंकले बढेको छ। नेप्से ३२ अंकले बढेर दुई हजार ५६८.११ विन्दुमा पुगेको छ।
आज कारोबारमा आएका ३२० कम्पनीको तीन करोड ५५ लाख ९४ हजार कित्ता सेयर १४ अर्ब १३ करोड ७८ लाख ९९ हजार रुपैयाँबराबरमा खरिद–बिक्री भएको छ। १४३ कम्पनीको सेयर मूल्य बढ्दा ९६ कम्पनीको मूल्य घटेको छ।

बढेको बजारमा बिहीबार उपकार लघुवित्त, जीवन विकास लघुवित्त र एसियन हाइड्रोपावरका लगानीकर्ताले उच्च प्रतिफल आर्जन गरेका छन्। यी कम्पनीको सेयर मूल्य सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ।