२०८१ भाद्र २३

लीलादेवी बनिन् पहिलो महिला मुख्यसचिव
  • लुम्बिनी खोज
  • २०८१ श्रावण १०, बिहीबार १२:११ गते

काठमाण्डौं १० साउन ।
मुख्यसचिवमा लीलादेवी गड्तौला नियुक्त भएकी छिन् । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले हाल कायममुकायम मुख्यसचिव रहेकी लीलादेवी गड्तौलालाई मुख्यसचिव नियुक्त गरेको हो। उनी नेपालको पहिलो महिला मुख्यसचिव बनेकी छिन् ।
वैकुण्ठ अर्यालमाथि भ्रष्टाचार मुद्दा लागेपछि उनलाई नयाँ दरबन्दी सिर्जना गरेर योजना आयोगमा सरुवा गरी प्रधानमन्त्री कार्यालयकी वरिष्ठ सचिव गड्तौलालाई कामु मुख्यसचिवको जिम्मेवारी दिइएको थियो। ५८ वर्षे उमेरहदले गड्तौला १५ भदौमा सेवानिवृत्त हुनेछिन्।