२०८१ आश्विन २८

११३ अंक बढ्यो सेयर बजार, नेप्से २९ महिनायताकै उच्च विन्दुमा
  • लुम्बिनी खोज
  • २०८१ श्रावण १३, आईतवार १३:१७ गते

बुटवल १३ साउन ।
आज आइतबार सेयर बजार ११३ अंक बढेर नेप्से परिसूचक २६८१ अंकमा कायम भएको छ । कुल १५ अर्ब ८१ करोडको कारोबार भयो । आज दुई पटक सर्किट ब्रेक लागेको थियो । तर दोस्रो सर्किट ब्रेकपछि बजार सम्हालिएको थियो ।
बजार खुलेको १ मिनेटमै नेप्से परिसूचक ४ प्रतिशतले बढेपछि पहिलो सर्किट ब्रेक लाग्यो । २० मिनेटपछि खुलेको बजारमा पुनः १ मिनेटमै थप १ प्रतिशत विन्दु अर्थात् ५ प्रतिशतले बढेपछि दोस्रो सर्किट ब्रेक लागेको थियो ।
दोस्रो सर्किट ब्रेक लाग्दा नेप्से परिसूचक १२९ अंक बढेर २६९७ मा पुगेको थियो । ४० मिनेटपछि खुलेको बजारमा भने एकाएक बिक्री चाप बढ्यो, जसले गर्दा तेस्रो सर्किट ब्रेक लाग्न पाएन ।
मौद्रिक नीति जारी भएपछिको पहिलो कार्यदिन सेयरबजारमा लगानीकर्ताहरू उत्साही देखिएपछि नेप्से एक सय १३ अकंको वृद्धि भएको छ।
आइतबार १५ करोड ८१ अर्ब रुपैयाँको कारोबार भएको छ भने नेपाल स्कट एक्सचेन्जले चार करोड कित्ता सेयर बिक्री भएको जनाएको छ।
मौद्रिक नीतिले विशेषगरी संस्थागत लगानीकर्ताका लागि २० करोडको सीमा खारेज गरिएको र दुई करोड रुपैयाँसम्मको कर्जा सीमालाई बढाएर साढे दुई करोड रुपैयाँ रेगुलेटरी रिटेल पोर्टफोलियोमा गणना गर्न पाउने व्यवस्था गरेपछि सेयरबजारमा लगानीकर्ता आश्वस्त भएको देखिएको छ।
आज १४८ कम्पनीको सेयर मूल्य बढ्दा ८७ वटाको मात्र घटेको छ भने आठवटाको बिहीबारकै मूल्यमा कारोबार भएको छ।
बजार खुलेको पहिलो दिन अधिकांश वाणिज्य बैंकहरूको सेयरमा सकारात्मक सर्किट लागेको छ।