२०८१ आश्विन ५

लुम्बिनीमा मन्त्रीमण्डलले अझै पाएन पूर्णता, ८ मन्त्रीले पाए जिम्मेवारी
  • लुम्बिनी खोज
  • २०८१ श्रावण १८, शुक्रबार १५:३९ गते

बुटवल १८ साउन ।
लुम्बिनी प्रदेशमा कांग्रेसले मन्त्रीको टुंगो लगाउन नसक्दा मन्त्रीमण्डलले अझै पूर्णता पाउन सकेको छैन् । यहा मुख्यमन्त्री तथा ८ मन्त्रीले ९ गते सपथ लिए पनि बाकी तीन मन्त्रीको टुंगो लाग्न सकेको छैन् । कांग्रेस र एमाले बीचको सहमति अनुसार कांग्रेसले ५ र एमालेले मुख्यमन्त्रीसहित ५ मन्त्रालय लिने र बाकी २ मन्त्रालय साना दललाई दिने रहेको छ । यस मध्ये कांग्रेसबाट एक मन्त्री र साना दलबाट २ मन्त्री नियुक्त हुन अझै बाकी रहेको छ । कांग्रेसभित्रको द्धन्द्धका कारण मन्त्रीको टुंगो लाग्न सकेको छैन् ।
यहा जिम्मेवारीविहीन रहेका मन्त्रीहरूको आज कार्य विभाजन भएको छ । शुक्रबार लुम्बिनी प्रदेशका प्रमुख कृष्णबहादुर घर्तीमगरले पदभार ग्रहण गरेसँगै मुख्यमन्त्री चेतनारायण आचार्यको सिफारिसमा मन्त्रीहरूको कार्य विभाजन भएको हो ।

जसमा वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी बादसाह कुर्मीले पाएका छन् भने भूमिश्वर ढकालले भौतिक पूर्वाधार, दिनेश पन्थीले कृषि, भूमि व्यवस्था तथा सहकारी, धनेन्द्र कार्कीले आर्थिक मामिला तथा योजना, सरोज थापाले सहरी विकास तथा खानेपानी र प्रचण्डविक्रम न्यौपानेले पर्यटन उद्योग तथा यातायात मन्त्रालयको जिम्मेवारी पाएका छन् ।

यस्तै, खेमबहादुर सारूलाई स्वास्थ्य र सीता शर्मालाई ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको जिम्मेवारी तोकिएको छ ।