२०८१ आश्विन ३

अग्रज पत्रकार पन्तको निधन
  • लुम्बिनी खोज
  • २०८१ श्रावण २१, सोमबार ०६:०८ गते

 

बुटवल २१ साउन ।
रुपन्देहीका अग्रज पत्रकार चेतन पन्तको निधन भएको छ । पन्तको आइतबार राति सिद्धार्थनगर नगरपालिका–६ दुर्गाकलोनीस्थित आफ्नै निवासमा निधन भएको हो ।
६६ वर्षीय पन्त २ वर्षदेखि क्यान्सर रोगको उपचार गराइरहेकामा केही समयदेखि घरमै रहेका र आइतबार राति निधन भएको हो।
लुम्बिनीको प्रवर्द्धनमा क्रियाशील रहेका पन्तको आइतबार राति ९ः१० बजे सिद्धार्थनगर नगरपालिका–६ दुर्गा कोलोनीस्थित आफ्नै निवासमा निधन भएको हो । पन्तले नेपाल टेलिभिजन र जिल्लाका मिडियामा ३ दशक बढी समयसम्म पत्रकारिता गरेका थिए । समाचार, लेखसँगै देश–विदेशमा गएर बुद्ध जन्मस्थल लुम्बिनीका विषयमा जानकारी गराउने, फोटोरभिडियो प्रदर्शनी गर्ने, पर्यटकलाई लुम्बिनीरनेपाल भ्रमणको निम्तो दिनेलगायतका कार्य मार्फत पर्यटन प्रर्वद्धनका लागि उनले अभियान चलाएका थिए । पन्तलाई लुम्बिनी विकास कोषले सद्भावना दूतसमेत बनाएको थियो ।