२०८१ आश्विन १

सुन तोलाको १ लाख ५० हजार
  • लुम्बिनी खोज
  • २०८१ श्रावण २१, सोमबार ०६:१६ गते

 

बुटवल २१ साउन ।
सुनको भाउमा सोमबार नयाँ रेकर्ड बनाउदै प्रतितोला १ लाख ५० हजार पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला १ लाख ५० हजार रुपैयाँ तोकेको छ ।
अघिल्लो दिनको तुलनामा सुनको मूल्य ३ सय रुपैयाँ बढेको हो । अघिल्लो दिन तोलाको १ लाख ४९ हजार ७ सय रुपैयाँमा सुनको कारोबार भएको थियो ।
यस्तै तेजाबी सुनको मूल्य पनि आज तोलामा ३ सय रुपैयाँले नै बढ्दै १ लाख ४९ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ भने चाँदीको मूल्य स्थिर रहँदै आज पनि प्रतितोला १ हजार ७ सय ८५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।