२०८१ आश्विन ५

गुल्मीमा पहिरोमा परेर चारजनाको मृत्यु
  • लुम्बिनी खोज
  • २०८१ श्रावण २२, मंगलवार ०९:२१ गते

गुल्मी २२ साउन ।
गुल्मीको मुसिकोट नगरपालिका– १ बिसौनाका विष्णु विकको घर पहिरोले पुर्दा चारजनाको मृत्यु भएको छ।
घरमाथिबाट आएको लेदोसहितको पहिरोले घर पुरेपछि ४६ वर्षका गोरे विक, ६७ वर्षका हुकुमबहादुर विक, ६६ वर्षकी मसुरी विक र साढे दुई वर्षकी रियान्सी विकको मृत्यु भएको प्रहरीले जनाएको छ।
त्यस्तै, २३ वर्षीया मुना विक र ३१ वर्षीय विष्णु विक घाइते भएका छन् ।