२०८१ आश्विन ३

सेयर बजारमा ६.७० अंकको वृद्धि
  • लुम्बिनी खोज
  • २०८१ श्रावण २४, बिहीबार १०:०० गते

काठमाडौ, २४ साउन ।

साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजार परिसूचक नेप्सेमा ६.७० अंकको वृद्धि भएको छ ।

बुधबार १०८ अंकमाथिले बढेको सूचक बिहीबार ०.२४ प्रतिशतले बढ्दै २७६६.३८ विन्दुमा उक्लिएको हो ।बिहीबार सबैभन्दा धेरै शिभम् सिमेन्टको १ अर्ब २० करोड रुपैयाँ बराबरको र हिमालय रिइन्स्योरेन्सको १ अर्ब ७ लाख रुपैयाँ बराबरको सेयर दोस्रो बजारमा कारोबार भएको छ ।तथापि जम्मा ७९ कम्पनीको सेयर मूल्य बढ्दा बिहीबार १५९ कम्पनीको मूल्य घट्न पुगेछ । ४ वटा कम्पनीको मूल्य भने स्थिर रहेको छ ।

बिहीबार हाइड्रोपावर, इन्भेष्टमेन्ट, म्यानु एण्ड प्रो, म्युचुअल फण्ड र ट्रेडिङ समूहको उपसूचक धनात्मक भएका छन् भने बाँकी ८ वटा उपसूचक ऋणात्मक भएका छन् ।