२०८१ आश्विन १

सस्तो वैैदेशिक ऋणका लागि पनि प्रधानमन्त्री समक्ष अनुरोध गरेर लुम्बिनीका मुख्यमन्त्रीसहित मन्त्रीहरु फर्किए
  • लुम्बिनी खोज
  • २०८१ श्रावण २८, सोमबार ११:५४ गते

बुटवल ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यसहितका मन्त्रीहरु काठमाण्डौंबाट फर्किएका छन् । मुख्यमन्त्रीसहित सबै मन्त्रीहरुले आइतबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट गरेका थिए । प्रदेशका समस्याहरु राख्न सामुहिक भेटका लागि काठमाण्डौं पुगेका उनीहरुले प्रदेशको विकास निर्माणसग सम्वन्धित समस्याहरु प्रधानमन्त्री समक्ष राखेका थिए ।
गत आर्थिक वर्षमा प्रदेशका लागि संघीय सरकारबाट समानीकरण अनुदानको रकम २ अर्ब १० करोड ९५ लाख कम आएपछि प्रदेश सरकारले विकास निर्माण तर्फको भुक्तानी गर्नुपर्ने केही रकम समेत दिन सकेको थिएन् । सो रकम उपलब्ध नहुदा धेरै अप्ठारोमा परेको देखि प्रदेशको विकास निर्माणका सम्वन्धमा कुरा राखेको एक मन्त्रीले बताए ।
प्रदेशका गौरबका आयोजनाहरु प्रदेश राजधानीका भौतिक संरचना निर्माण, लुम्बिनी प्रादेशिक अस्पताल देखि रामपुर कपुरकोट सडकका लागि संघीय सरकारको सहयोग आवश्यक रहेको कुरा प्रधानमन्त्री समक्ष राखिएको छ । त्यस्तै भैरहवा स्थीत अन्तराष्ट्रिय विमान स्थलको बारेमा पनि कुरा राखिएको छ । विमान स्थल राम्रोसग सञ्चालनका लागि भिसा देखि स्वास्थ्य जाचसम्मका सबै काम रुपन्देहीबाट नै हुने ब्यवस्था मिलाइदिन पनि लुम्बिनी सरकारले प्रधानमन्त्री समक्ष कुरा राखेको छ ।
सस्तो बैदेशिक ऋण उपलब्धका लागि पनि प्रधानमन्त्री समक्ष अनुरोध
प्रधानमन्त्रीसगको भेटपछि भौतिक पूर्वाधार विकास मन्त्री भुमिश्वर ढकालले दिएको जानाकारी अनुसार प्रधानमन्त्री समक्ष बैदेशिक ऋणका बारेमा पनि कुरा राखिएको छ । प्रदेशलाई सस्तो ब्याजमा वैदेशिक ऋण उपलब्धका लागि पहल गरिदिन अनुरोध गरिएको छ ।
त्यस्तै प्रहरी तथा कर्मचारी ऐन नआउदा समस्या भएको कुरा पनि राखिएको छ । प्रदेशका समस्याहरु सुनेपछि प्रधानमन्त्रीले धेरै सकरात्मक कुरा राखेको र उत्साहित र आशावादी गराएको मन्त्री ढकालले बताए ।
प्रधानमन्त्रीले भने, सत्ताधारी दलमा मनमुटाव नहुने गरी जनतामा आशा जगाउने गरी काम गर्नुहोस्
प्रधानमन्त्री ओलिले निराशा नहुन र जनतामा आशा जगाउने गरी काम गर्न सुझाव दिए । लुम्बिनी प्रदेशको विकासका लागि सत्ताधारी दलहरुमा मनमुटाव नहुने गरी साझा सहमतिका साथ हार्दिकता पूर्वक काम गरेर प्रदेशप्रति आशा जगाउनुपर्नेमा उनले जोड दिएका छन् ।
अब उत्पादन क्षेत्रमा काम गर्नुपर्नेमा पनि उनले जोड दिए । रोजगारी सिर्जना गर्ने गरी उत्पादन क्षेत्रमा काम गर्नुपर्नेमा जोड दिएका प्रधानमन्त्रीले लुम्बिनी प्रदेशमा सुन्तला तथा किबि खेतीको संभावनाको अनुसन्धान गरेर अगाडी बढ्न सुझाव दिए । त्यस्तै दुध र माछामा आत्मनिभर हुने गरी काम गर्न भनेका ओलिले विषादी बस्तुहरुको आयतलाई रोक्ने तर्फ सरकारले ध्यान दिएको बताए । सिमा क्षेत्रहरुमा क्वारेन्टाइन राख्ने र विषादी जाच गरी विषादी बस्तुहरु रोक्ने बारेमा छलफल भएको जानाकारी प्रधानमन्त्रीले गराएका थिए ।
प्रदेश सभामा सम्बोधन गर्न आउने
प्रधानमन्त्रीले भेटका क्रममा लुम्बिनीको प्रदेश सभालाई सम्बोधन गर्ने गरी आउने पनि बताए । समय मिलाएर प्रदेश सभालाई सम्बोधन गर्न आउने बताएका प्रधानमन्त्रीले मन्त्रीमण्डलको पूर्णता तथा अन्य नियुक्तिका सवालमा साझा सहमतिका साथ हार्दिकता पूर्वक काम गर्न सुझाव पनि दिएका छन् ।
उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल, एमाले महासचिव तथा लुम्बिनी प्रदेशका सस्थापक मुख्यमन्त्री शंकर पोखरेलपनि छलफलमा सहभागि थिए । लुम्बिनी प्रदेशका मुख्यमन्त्री, मन्त्रीहरु सगै कांग्रेस  केही दिनमा मन्त्रीमण्डलले पूर्णता पाउने
आइतबार प्रधानमन्त्रीसगको भेटपछि लुम्बिनीका मुख्यमन्त्रीसहित अधिकांश मन्त्री काठमाण्डौंबाट फर्किएको मन्त्री ढकालले बताए । लुम्बिनी फर्केपछि केही दिन भित्रमा मन्त्रीमण्डललाई पूर्णता दिइने उनले बताए । लुम्बिनीमा हाल ९ सदस्यीय मन्त्री मण्डल रहेको छ । यहा १२ सदस्यीय पु¥याउने तयारीमा सत्ता गठबन्धन रहेको छ । बाकी तीन मन्त्रीमा एक कांग्रेसबाट र २ साना दललाई दिने तयारी छ । हाल एमालेका मुख्यमन्त्रीसहित पाच र कांग्रेसबाट चार जना मन्त्री रहेका छन् । मन्त्रीमण्डललाई पूर्णता दिने र विश्वासको मत लिने तयारीमा मुख्यमन्त्री आचार्य रहेको मन्त्री ढकालले बताए ।