२०८२ बैशाख १२
बुटवल २८ साउन ।
नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक सोमबार २९ सयको विन्दु पार गरेको छ। नेप्से परिसूचक ७०.८१ अंकले बढेर दुई हजार ९३१.६५ विन्दुमा कारोबार बन्द भएको छ।
३३९ कम्पनीका ६ करोड ४८ लाख ७६ हजार कित्ता सेयर कारोबार हुँदा २७ अर्ब २४ करोड २० लाख ३४ हजार रुपैयाँबराबरको कारोबार भएको छ। यसअघि आइतबार कारोबार रकमले बनाएको कीर्तिमानी आजको कारोबारले पुनः तोडेको छ।