२०८१ आश्विन १

प्रदेशस्तरीय तेक्वान्दो प्रतियोगितामा नयाँगाउँ डोजाङ प्रथम
  • लुम्बिनी खोज
  • २०८१ भाद्र ४, मंगलवार १०:५१ गते

बुटवल ४ भदौ ।
बुटबलमा दुई दिनदेखि जारी तेस्रो लुम्बिनी प्रदेशस्तरीय तेक्वान्दो प्रतियोगितामा रुपन्देहीको नयाँगाउँ डोजाङ प्रथम भएको छ । रूपन्देही ‘योङ्ग ब्रदर’ संघ तथा ‘नेपाल अन्तर्राष्ट्रिय तेक्वान्दो महासंघ’को संयुक्त आयोजनामा सम्पन्न प्रतियोगितामा उक्त डोजङ प्रथम भएको हो।
प्रतियोगितामा प्रगति डोजाङ दोस्रो र योगीकुटीस्थित इन्टलेक्चुअल डोजाङ तृतीय भएका छन् । उक्त खेल प्रतियोगितामा महिला खेलाडी ३० केजी तर्फ प्रगती डोजाङका जेनिसा जि.एम.उत्कृष्ट महिला खेलाडी बन्न सफल भएकी छिन् । त्यस्तै पुरुष २५ केजी समुह तर्फ जनज्योती डोजाङका सुशान सारु उत्कृष्ट पुरुष खेलाडी बन्न सफल भएका छन् ।
प्रतियोगितामा १० वर्ष मुनी ४० केजी महिला तौल समुह अन्तर्गत आकृति जैसवाल प्रथम र नान्सी पन्थी दोस्रो , पुरुष तौल समूह माइनस १० किलो सरोज खत्री प्रथम,अचुत अग्रवाल द्वितीय, तुसार राना र सुप्रिम राना तृतीय भएका छन् । माइन्स १५ किलो तौल समूहमा पेम्बा शेर्पा प्रथम, आयाम ढुंगाना द्वितीय ,प्रिन्स दर्लामी र जेम्स राइ तृतीय माइनस २० किलो तौल समूहमा मनन थापा प्रथम, द्वितीय ,ईश्वर नेपाली र आरम्भ पोख्रेल सुप्रिम अर्याल तृतीय, माइनस २५ किलो तौल समूहमा सुशन परियार प्रथम ,बिनित मगर द्वितीय,सुशन सारु मगर र सन्सकार पाण्डे तृतीय माइनस ३० किलो तौल समूहमा दिप्सन सोमै प्रथम, रितेश थारु द्वितीय,सुलभ बोमरेल र दिप्सन गौतम तृतीय भएका छन् ।

माइनस ३५ किलो तौल समूहमा अमित पन्थी प्रथम ,अबिशेक पेमि द्वितीय,बिकास छन्त्याल र सुशन थापा तृतीय, माइनस ४० किलो अम्मर परियार प्रथम ,प्रदीप सोमै द्वितीय,आरब चौधरी र सुशान्त भट्टराई तृतीय भएका छन् । त्यस्तै माइनस ४५ किलो तौल समूहमा प्रजल फुल्लेल प्रथम,मोहित बरघरि द्वितीय,ब्रधान पाण्डे र प्रिन्स थापा तृतीय, माइनस ५० किलो तौल समूहमा मन्जिल मग्रति प्रथम,सलिन बुढा द्वितीय,रामु खड्का र बिप्लप परियार तृतीय,माइनस ५५ किलो तौल समूहमा बिबेक चौधरी प्रथम, सुबास सिंह द्वितीय, सुबास सारु र बिकास जि.एम. तृतीय भएका छन् ।
प्लस ६० किलो तौल समूहमा बिशेश क्षेत्री प्रथम,हरि सुनार द्वितीय ,कुशल लुइँटेल र गौरव खवास तृतीय भएका छन् ।
महिला तर्फ माइनस १० किलो तौल समूहमा आरोही अग्रवाल प्रथम र नान्सी पन्थि द्वितीय, माइनस २० किलो तौल समूहमा सुबिता थारु प्रथम, गौरिका राजभण्डारी द्वितीय, गृस्मा बस्याल र खुशी परियार तृतीय भएका छन् । माइनस २५ किलो तौल समूहमा पाल बस्नेत प्रथम, सैशा पाण्डे द्वितीय, सायाना गैरे तृतीय , माइनस ३० किलो तौल समूहमा जेनिशा जि.एम. प्रथम, समि थापा द्वितीय , दिब्या सारु र अल्यान पराजुली तृतीय, माइनस ३५ किलो तौल समूहमा मिथु थारु प्रथम,अन्जिला पन्थ द्वितीय,रोशनी राना र निस्रिता सुनार तृतीय भएका छन् । माइनस ४० किलो तौल समूहमा अस्मिता छेत्री प्रथम, कुसुम माया द्वितीय ,एन्जल तामाङ र रितु परियार तृतीय, माइनस ४५ किलो तौल समूहमा निलम जि।एम। प्रथम, मनिसा मिदुन द्वितीय, र सबिता बस्याल तृतीय , माइनस ५० किलो तौल समूहमा रश्मि ठाडा प्रथम, पुजा बि।क। द्वितीय र बिनिता जि.एम. तृतीय भएका छन् । माइनस ५५ किलो तौल समूहमा भुमा रास्कोटि प्रथम, प्रतिमा सुनार द्वितीय र पृन्सु सुनार तृतीय, माइनस ६०किलो तौल समूहमा प्रियांका सुनार प्रथम, निस्तुला नेपाली द्वितीय र निरुता खवास तृतीय, प्लस ६० किलो तौल समूहमा रिदिमा रम्जालि प्रथम हुन सफल भएकी छिन् ।

प्रतियोगितामा लुम्बिनी प्रदेशका १२ जिल्लाका ८ वर्ष उमेर समुह देखि १९ वर्ष उमेर समुह अन्तर्गत बिभिन्न तौल समूहका खेलाडीबीच प्रतिस्पर्धा गराइएको थियो । बिजयी खेलाडीलाई अन्र्तराष्ट्रिय तेक्वान्दो महासंघ नेपालका केन्द्रीय अध्यक्ष चेतनराज गिरीले मेडल तथा ट्रफी बितरण गरे ।
खेलाडी र खेल प्रेमीको हौसलाका कारण प्रतियोगता सफलतापूर्वक सम्पन्न भएको आयोजक टिम ‘योङ्ग ब्रदर’ रूपन्देहीका अध्यक्ष बम बुढा मगरले जानकारी दिए । तेक्वान्दो खेलले अनुशासन र आत्मरक्षाको बिकास हुने भएकाले केही वर्षयता यस खेलप्रति युवा तथा बालवालिकाको आकर्षण बढ्दै गएको अध्यक्ष बुढा मगरले बताए ।
नेपाल परम्परागत खेलकुद महासंघका केन्द्रीय उपाध्यक्ष एवं तेक्वान्दो खेलका अन्तर्राष्ट्रिय प्रशिक्षक नवराज खरेलले सबै बिद्यालयले तेक्वान्दो खेललाई व्यवस्थित ढंगले संचालन गर्नुपर्नेमा जोड दिए । आजका बालबालिकालाई सबै खालका कुलतबाट मुक्त गराउन खेलको आवश्यकता रहेको भन्दै उपाध्यक्ष खरेलले उन्नत र समुन्नत समाज निर्माणमा तेक्वान्दो खेलको महत्वपूर्ण भुमिका हुने बताए ।

नेपाल योङ्ग ब्रदर संघका केन्द्रीय अध्यक्ष जनक राज गौतम, अन्तर्राष्ट्रिय तेक्वान्दो महासङ्घ नेपाल कालोपेटी कमिटी केन्द्रीय उपाध्यक्ष भीम ज्ञवाली, डब्लु.टी. एफ. तेक्वान्दो प्रशिक्षक गणेश बहादुर कुँवर, कराते प्रशिक्षक भुपेन्द्र सिंह थापालगायतले प्रतियोगितामा बिजयी खेलाडीलाई बधाई तथा सफलताको शुभकामना दिएका थिए ।