२०८१ पुष १९
बुटवल ४ भदौ ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले विश्वासको मत प्राप्त गरेका छन्। आज मंगलबार बसेको प्रदेश सभाको चौथो अधिवेशनको २५औँ बैठकबाट उनले विश्वासको मत पाएका हुन् । आज बैठकमा भएको मत विभाजनमा विश्वासको मतको पक्षमा ७० र विपक्षमा ११ मत परेको हो।
सो मत प्रदेश सभाको बहुमत रहेको भन्दै मुख्यमन्त्रीले पेस गरेको विश्वासको मतसम्बन्धी प्रस्ताव बहुमतले स्वीकृत भएको घोषणा सभामुख तुलाराम घर्तीमगरले गरेका थिए। गत साउन ७ मा आचार्य मुख्यमन्त्रीमा नियुक्त भएका थिए। ८७ प्रदेश सभा सदस्य रहेको लुम्बिनीमा बहुमतका लागि ४४ मत आवश्यक पर्नेमा मुख्यमन्त्रीले ७० मत पाएका हुन्।