२०८१ आश्विन ४

नेप्सेमा सामान्य वृद्धि, कारोबार रकममा गिरावट
  • लुम्बिनी खोज
  • २०८१ भाद्र ५, बुधबार १०:४५ गते

बुटवल ५ भदौ ।
नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक आज सामान्य अंकले वृद्धि भएको छ । बुधवार सेयर बजार परिसूचक नेप्से २.११ अंकले वृद्धि भएको हो । आज नेप्से १९६८.४४ को बिन्दुमा बन्द भएको छ ।
गत साता ३ हजारको बिन्दु पार गरेर बन्द भएको नेप्सेमा यो साताको पहिलो कारोबार दिन नै ३४.४७ अंकले गिरावट भएको थियो ।
सोमबार र मंगलबारको सार्वजनिक बिदा पछि बुधबार खुलेको नेप्से उतारचढावबीच सामान्य अंकले बढेर बन्द भएको छ ।

आज कारोबार रकम केही घटेको छ । गत सातको बिहीबार २९ अर्ब ९५ करोड र गत आइतबार २८ अर्ब ८३ करोडको कारोबार भएको सेयर बजारमा बुधबार भने कारोबार १९ अर्ब पनि पुगेन । बुधबार नेप्सेमा २ लाख १४ हजार ३१९ वटा कारोबारमा ४ करोड १४ लाख ५४ हजार ६११ कित्ता सेयर किनबेच हुँदा १८ अर्ब ९० करोड ६४ लाखको कारोबार भएको छ ।