२०८१ कार्तिक २५

भैँसीको आक्रमणबाट बाघको मृत्यु,पोस्टमार्टममा संलग्न चिकित्सक भन्छन्ः बाघ पहिलेदेखि नै घाइते र अशक्त
  • लुम्बिनी खोज
  • २०८१ भाद्र ६, बिहीबार १०:४५ गते

चितवन ६ भदौ ।
मकवानपुरको मनहरी गाउँपालिका–६ प्रतापपुर भैंसीको प्रतिकारमा मरेको बाघ पहिलेदेखि नै घाइते र अशक्त रहेको तथ्य खुलेको छ । बाघको पोस्टमार्टममा संलग्न पशुचिकित्सकले बाघ लामो समयदेखि घाइते र भोको रहेको पाइएको जनाएका छन् । चितवन राष्ट्रिय निकुञ्जको मुख्यालय कसरामा मृत बाघको पोस्टमार्टम गरिएको हो । पोस्टमार्टममा संलग्न निकुञ्जका वरिष्ठ पशु चिकित्सकले सो बाघको शरीरका विभिन्न ठाउँमा पुराना घाउचोट भेटिएको बताएका हुन ।
आज गए राती मकवानपुरको मनहरीमा भैँसीको आक्रमणबाट बाघ मरेको थियो । स्थानीयको गोठमा पसेर त्यहाँ रहेकोे भैँसीलाई आक्रमण गर्न खोज्दा भैँसीकै आक्रणबाट बाघको मृत्यु भएको थियो । मनहरी गाउँपालिका– ६ प्रतापपुरमा स्थानीय बलबहादुर राईको गोठमा पसेर गएराति बाघले भैँसीलाई आक्रमण गरेको थियो । तर, उल्टै भैँसीको आक्रमणबाट बाघको मृत्यु भएको थियो ।
बाघले आक्रमण गर्दा भैँसी पनि घाइते भएको थियो । बाघले गोठमा पसेर भैँसीलाई आक्रमण गरेको स्थानीयले प्रहरीलाई खबर गरेका थिए । इलाका प्रहरी कार्यालय मनहरीबाट प्रहरी टोली र पर्सा वन्यजन्तु आरक्षण सुरक्षार्थ खटिएको मध्यवर्ती क्षेत्र पदमपोखरी सेक्टर लामीटार ब्यारेकबाट नेपाली सेनाको टोली घटनास्थलमा पुग्दा बाघ मृत फेला परेको थियो ।