२०८१ माघ २
काठमाडौ,११ भदौ ।
राष्ट्रपति रामचन्द्र पौडेलले ऐतिहासिक श्री ७ रणउजेश्वरी भगवती मन्दिरमा पुजाअर्चना गरेका छन । भगवती जात्राको अवसरमा राष्ट्रपति मंगलवार तानसेन आएका हुन । राष्ट्रपतिलाई नेपाली सेनाले सलामी हर्ष बढाई सहित सम्मान गरेको हो ।
आज नेपाली सेनाले अङ्ग्रेजलाई युद्धमा हराएर विजय उत्सबको रुपमा मनाइने ऐतिहासिक भगवती जात्रा ९खट यात्रा० पूजाअर्चना तथा जात्रा अवलोकनका लागि राष्ट्रपति पौडेल तानसेन आएका थिए ।
नेपालले अङ्ग्रेजलाई युद्धमा हराएको सम्झनामा निकालिने यो भगवती जात्रा २ सय ५ औँ हो । तानसेनको बीच भागमा रहेको भगवती मन्दिरबाट ठूलो रथ सहित हजारौँ भक्तजनको सहभागितामा तानसेनका विभिन्न स्थानमा रथ पुर्याई पुजाअर्चना गर्ने गरिन्छ ।
जात्राको अवसरमा लुम्बिनी प्रदेश सरकारले पाल्पा जिल्लाभर आज सार्वजनिक बिदा दिइएको छ । रणउजिरेश्वरी भगवतीको जात्रा पश्चिम नेपालकै सबैभन्दा ठूलो जात्रा हो । जात्रामा जिल्लास्थित सरकारी कार्यालयका कर्मचारी, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, तथा विभिन्न सङ्घसंस्था र सर्वसाधारणले पहिचान झल्किने झाँकी र्याली प्रदर्शन गर्ने गर्दछन् ।