२०८१ आश्विन ४

लुम्बिनीका मुख्य न्यायाधिवक्ता खनालले लिए सपथ
  • लुम्बिनी खोज
  • २०८१ भाद्र १२, बुधबार ०७:१९ गते

बुटवल १२ भदौ ।

लुम्बिनी प्रदेश सरकारका मुख्य न्यायाधिवक्ता यमलाल खनालले पद तथा गोपनियताको सपथ लिएका छन्। प्रदेश प्रमुख कृष्णबहादुर घर्तीमगरको उपस्थितिमा उच्च अदालत तुलसीपुरका मुख्य न्यायाधिश नित्यानन्द पाण्डेयले पद तथा गोपनियताको सपथ ग्रहण गराएका हुन्।

सपथ ग्रहण समारोहमा मुख्यमन्त्री चेतनारायण आचार्य, सभामुख तुलाराम घर्तिमगर, उपसभामुख मेनुका खाँड केसीलगायतको  उपस्थिति थियो। मुख्य न्यायाधिवक्ताको काम, कर्तव्य¸ अधिकार र सेवाका अन्य शर्तसम्बन्धी ऐन, २०७५ बमोजिम खनाललाई सपथ ग्रहण गराइएको हाे। मुख्यमन्त्री आचार्यको सिफारिसमा प्रदेश प्रमुख कृष्णबहादुर घर्तीमगरले बुटवल उपमहानगरपालिका–९ निवासी खनाललाई यही भदौ ६ गते  मुख्य न्यायाधिवक्तामा नियुक्त गरेका थिए।