२०८१ आश्विन १

नवीनमा मानव बेचबिखन विरुद्ध वक्तृत्वकला प्रतियोगिता
  • लुम्बिनी खोज
  • २०८१ भाद्र १४, शुक्रबार ११:२३ गते

बुटवल १४ भदौ ।
नवीन औद्योगिक कदर बहादुर रीता माध्यमिक विद्यालय देवीनगर बुटवलमा विद्यालयको वार्षिक कार्यतालिका अनुसार मानव बेचबिखन विरुद्ध वक्तृत्वकला प्रतियोगिता शुक्रबार सम्पन्न भएको छ।
कक्षा ११ र १२ विज्ञान, व्यवस्थापन, कानुन र शिक्षा समूहका विद्यार्थीहरू बीच भएको प्रतिस्पर्धामा २१ जना विद्यार्थीहरुको सहभागिता रहेको थियो । उक्त वक्तृत्वकला प्रतियोगितामा व्यवस्थापन समूहकी भगवती कुँवर प्रथम, कानुन समूहका रोशन परियार द्वितीय, कानुन समूहकी अविवा खातुन तृतीय, व्यवस्थापन समूहकी बिहानी सारु र कानुन समूहका रहमान अली सान्तवना भएका थिए ।
मूल्याङ्कन समितिमा शिक्षकहरू केशव भट्टराई, रामप्रसाद ज्ञवाली र प्रकाश भट्टराई रहेका थिए। उक्त कार्यक्रममा मानव बेचबिखन सम्बन्धी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अवधारणा interactive बोर्डमा आधा घण्टा प्रस्तुतिकरण गरी ४ मिनेटमा प्रस्तुतरण गर्न लगाइएको थियो ।

कार्यक्रममा अधिवक्ता निशा खरेल, केशव भण्डारी र विशाल रावतले सहजीकरण गरेका थिए । विद्यालयका प्रधानाध्यापक प्रेम बहादुर बस्नेतको अध्यक्षतामा इसीए इन्चार्ज नेत्र खरेलको संचालनमा सम्पन्न कार्यक्रममा लघुवित्त संघका केन्द्रीय अध्यक्ष जगत बहादुर पोखरेलले विद्यार्थीहरु अनुशासित भएर अगाडि बढ्न सुझाव दिँदै मानव बेचबिखन विरुद्ध समय सान्दर्भिक कार्यक्रम आयोजना गरेर विद्यार्थीलाई सचेत गराएकोमा खुसी व्यक्त गरे । अस्थायी प्रहरी चौकी देवीनगरका प्रमुख प्रहरी नायब निरीक्षक कमल भण्डारीले मानव बेचबिखनका सम्बन्धमा धारणा राखेका थिए।