२०८१ कार्तिक ६

इडनमा वक्तृत्वकला प्रतियोगिता
  • लुम्बिनी खोज
  • २०८१ भाद्र १४, शुक्रबार ११:५२ गते

बुटवल १४ भदौ ।
इडन बोर्डिङ स्कुल बुटवलमा इडन स्काउट ट्रुपले स्काउटको महत्त्व विषयमा वक्तृत्वकला प्रतियोगिता सम्पन्न गरेको छ ।
पछिल्लो समयमा लोप हुँदै गएको नैतिक शिक्षा, सामाजिक भावना, आपसी मेलमिलाप गरी अनुशासित नागरिक उत्पादन गर्ने उद्देश्यका साथै विद्यालय तहबाटै स्काउटिङ सुरुवात गर्नुपर्ने र एक घर एक स्काउट हुनुपर्ने हरेक क्षेत्रमा स्काउटको प्रतिनिधित्व हुनुपर्ने उद्देश्यका साथ कार्यक्रम आयोजना गरिएको कार्यक्रमका अध्यक्ष एवं बुटवल उपमहानगरपालिका स्काउट समितिका प्रमुख आयुक्त नवराज खरेलले बताए ।


इडन बोर्डिङ स्कुलका सहायक प्रधानाध्यापक कुशल बस्यालले विद्यालयमा स्काउटले रचनात्मक कार्य गर्दै आएको हुँदा हरेक कार्यक्रममा विद्यालयले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

१० जना प्रतिस्पर्धीहरूको सहभागी रहेको कार्यक्रममा पिकल पेट्रोलबाट कृतिका श्रेष्ठ प्रथम , लियोपाड पेट्रोलदेखि शुभम घिमिरे द्वितीय र प्यान्थर पेट्रोलबाट संस्कार न्यौपानेले तृतीय स्थान हासिल गर्न सफल भएका छन् । कार्यक्रममा निर्णायकको भूमिकामा विद्यालयकी शिक्षिका सकुन्तना पाण्डेले र कार्यक्रमको सञ्चालन इडन स्काउट ट्रुपका सदस्य साहिस्मा श्रेष्ठले गरेकी थिइन्।