२०८१ आश्विन १

नवनियुक्त मुख्यसचिव एकनारायण अर्यालले गरे पदबहाली
  • लुम्बिनी खोज
  • २०८१ भाद्र १६, आईतवार ०९:४४ गते

काठमाडौ, १६ भदौ ।

नवनियुक्त मुख्यसचिव एकनारायण अर्यालले पदबहाली गरेका छन् । शुक्रबार अपरान्ह प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय पुगेर अर्यालले नियुक्ति पत्र बुझेका उनले आइतबार मध्यान्हमा सिंहदरबार पुगेर पदबहाली गरेका छन् । अर्याललाई कर्मचारीहरुले फूलमालासहित स्वागत गरेका थिए ।

यसअघिकी मुख्यसचिव लीलादेवी गड्तौला शुक्रबार नै अवकाश भएकी थिइन् । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले सचिव अर्याललाई मुख्यसचिव बनाउने निर्णय गरेको थियो ।

अर्यालले करिब १५ महिना मुख्यसचिवका रुपमा कर्मचारी प्रशासनको नेतृत्व गर्नेछन् । २०४६ सालमा प्रशासन सेवातर्फ नायबसुब्बा पदबाट निजामती सेवामा प्रवेश गरेका अर्याल २०५१ सालमा अधिकृत, २०५८ सालमा उपसचिव, २०६७ सालमा सहसचिव हुँदै २०७६ सालमा सचिव पदमा बढुवा भएका थिए ।