२०८१ आश्विन १

उद्योग संघमा तीज मिलन
  • लुम्बिनी खोज
  • २०८१ भाद्र १७, सोमबार ०८:३८ गते

बुटवल १७ भदौ ।
रुपन्देही उद्योग संघमा तीज मिलन कार्यक्रमको सम्पन्न गरिएको छ ।
संघको महिला उद्यमी समितिको आयोजनामा गरिएको कार्यक्रममा बुटवल उपमहानगरपालिकाका उपमेयर सावित्रादेवी अर्यालले तीजको ऐतिहासिक सांस्कृतिक महत्व जोगाउनु पर्ने बताउँदै पहिले यो पर्व महिलाहरुको मात्रै भए पनि अब आम नेपालीको पर्व भएको बताइन् । ‘पहिले यो महिलाको मात्रै पर्व थियो अब आम नेपालीको भएको छ, पहिले अधिकार पाउने बुहारी, सासु, नन्द, आमाजुका पीडा राख्ने पर्व थियो अब यसको क्षेत्र बिस्तार भएको छ, केही विकृति छन् तिनलाई हटाएर नयाँ ढंगले अघि बढाउनुपर्ने छ, यो सबैको दायित्व हो’उनले । उपप्रमुख अर्यालले तीजलाई सामाजिक विभेद विरूद्व, महिलाका अधिकारका विषय मात्रै होइन अब समृद्धि र समानताका विषय, आत्मनिर्भरताका विषय पनि उठाउनु पर्ने बताइन् ।
कार्यक्रममा रुपन्देही उद्योग संघका कार्यवाहक अध्यक्ष जीवकान्त काफ्लेले तीज पर्वको महत्वपूर्ण विषयलाई ध्यान दिएर यसखालको कार्यक्रमको संयोजन गरिएको बताए । उनले सामाजिक क्षेत्रमा संघले चलाएको सकृयताले महिला सशक्तिकरणमा पनि अघि बढेको बताउँदै यसखालका कार्यक्रमले आपसी सामीप्यता बढाउने र एक अर्काबीचको सहकार्यलाई पनि बढाउने बताए ।
संघका महिला सचिव मन्जु भुसालले तीजको सांस्कृतिक महत्वका विषयमा अग्रजहरुसँग सिकेर नयाँ पिँढीलाई सिकाउनुपर्ने समय आएको बताइन् । भुसालले अहिलेका महिला अधिकार माग्ने मात्र होइन समस्या समाधानमा पनि जिम्मेवारी छन् र उद्यमशील क्षेत्रको पनि नेतृत्व गरेर अगाडि बढ्न सक्ने बताइन् ।
कार्यक्रममा संघका पूर्व अध्यक्ष बोनिन पिया, निवर्तमान अध्यक्ष माधव प्रसाद पौडेल, सहकोषाध्यक्ष विशाल वेलवासे, संघका सल्लाहकारहरु तथा विभिन्न क्षेत्रबाट सहभागिता थियो । कार्यक्रममा संघले केही दिनअघि तीज गीत प्रतियोगितामा तृतीय स्थान पाएको गीत तथा अन्य उद्यमी महिलाहरुले आफ्ना गीत तथा नृत्य प्रस्तुत गरिएको थियो ।
कार्यक्रम महिला उद्यमी समितिका अध्यक्ष पार्वती गिरीको अध्यक्षता सचिव कमला पन्तको संचालनमा भएको सम्पन्न भएको थियो ।