२०८१ आश्विन १

माओवादीले चाहे सरकार ढाल्न समय लाग्दैन: बर्षमान पुन
  • लुम्बिनी खोज
  • २०८१ भाद्र १८, मंगलवार ११:४३ गते

भैरहवा, १८ भदौ ।
नेकपा माओवादी केन्द्रका उपमहासचिव बर्षमान पुनले माओवादीले चाहाने हो भने वर्तमान सरकार ढाल्न समय नलाग्ने बताएका छन । अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन ९क्रान्तिकारी० २३ औं जिल्ला सम्मेलनलाई भैरहवामा उद्घाटन गर्दै नेता पुनले सरकारमा खटपट देखिन थालिसकेका कारण माओवादीले चाहे सरकार परिवर्तन हुने बताएका हुन ।
माओवादीले चाहे सरकार परिवर्तन हुन्छ तर हामी सरकारमा जाने पक्षमा छैनौँ अहिलेको हाम्रो प्राथमिकता संगठन निर्माण हो उनले भने । प्रचण्ड नेतृत्वको सरकारले जनमुखी काम गर्न थालेपछि विचौलियाहरू तिलपिलाउन थालेको उल्लेख गर्दै वर्तमान सरकार विचौलियाले बनाएको आरोप लगाए । सरकारले भुटानी शरणार्थी काण्ड लगायतका ठुला फाइल खोल्न थालेपछि काँग्रेस एमाले एक ठाउँमा आउन बाध्य भएको उनको जिकिर गरे । तेस्रो पार्टी संग भिड्न दुई ठुला दल किन मिल्नु परेको भन्दै प्रश्न समेत गरे ।
पार्टी विभाजनको बिषयमा स्पष्टीकरण दिँदै नेता पुनले पार्टी भित्र राजनैतिक र शैद्धान्तिक बिषयमा वहस र छलफल हुने गरेको भए पनि बाहिर हल्ला गरे जस्तो फुट्ने अवस्था नरहेको बताए । ूजीवन्त पार्टीमा वहस छलफल हुन्छ त्यसलाई पार्टी फुट्छ भनेर बुझ्नु भएनू उनले भने । आफ्नो फाइदाका लागि विरोधिहरूले माओवादी फुट्न थालेको हल्ला फैलाएको उनको आरोप छ । नेता पुनले छलफल वहस र एकताका आधारमा नेतृत्व चुन्न विद्यार्थी नेताहरलाई सुझाए ।
जिल्लाभरीका विद्यालय, क्याम्पस र पालिका कमिटिबाट चुनिएर आएका १८५ जना सम्मेलन प्रतिनिधिले संगठनको राजनैतिक र सांगठनिक प्रतिवेदन पारितसंगै आगामी कार्यकालको लागि नेतृत्व चयन गर्नेछन् ।