२०८१ आश्विन १

निजामती कर्मचारी युनियनको स्थापना दिवसमा कार्यक्रम
  • लुम्बिनी खोज
  • २०८१ भाद्र १९, बुधबार ०९:३९ गते

बुटवल १९ भदौँ ।
नेपाल निजामती कर्मचारी युनियनको स्थापना दिवसको उपलक्ष्यमा नेपाल निजामती कर्मचारी युनियन रुपन्देहीले एक समारोह गरी स्थापना दिवश मनाएको छ । युनियनले बुटवल उपमहानगरपालिका वार्ड नम्बर ७ शिवनगरमा रहेको नन्दिनी गौशालामा पशु आहार वितरण गरेको हो ।
नेपाल निजामती कर्मचारी युनियन रुपन्देहीका अध्यक्ष चक्रपाणी पाण्डेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाली कांग्रेस रूपन्देहीका सभापति एवम तिलोत्तमा नगरपालिकाका नगरप्रमुख रामकृष्ण खाणले कर्मचारी युनियनको स्थापना दिवशको अवसरमा राष्ट्रसेवक कर्मचारीहरुमा शुभकामना व्यक्त गर्दै गौशालाको संरक्षणमा सबै जुट्नुपर्ने धारणा राखे ।
नेपाली कांग्रेस रूपन्देही क्षेत्र नं २ का सभापति प्रजापाल गिरी, बुटवल उपमानगरपालिका वडा नं ४ का वार्ड अध्यक्ष नरिश्वर शर्मा पौडेल लगायतले गौशाला संरक्षणमा स्थानिय सरकार , प्रदेश सरकार र संघिय सरकारले बिशेष चासो राख्नु पर्ने बताए ।

कर्मचारी युनियनका अध्यक्ष चक्रपाणी पाण्डेले युनियनले सधै रचनात्मक काम गर्ने भन्दै समाजका लागि सदैव लागिरहने बताए । सम्पुर्ण राष्ट्रसेवक कर्मचारीहरूमा शुभकामना पनि ब्यक्त गरे । कार्यक्रममा स्वागत टेकराज पन्थी र सञ्चालन सि वि ए रुपन्देहीका उपाध्यक्ष भोजराज न्यौपानेको रहेको थियो ।