२०८१ आश्विन १

सेयर बजारमा ९०.७३ अंकको गिरावट, नेप्से २७३९ अंकमा झर्‍यो
  • लुम्बिनी खोज
  • २०८१ भाद्र १९, बुधबार १०:०७ गते

बुटवल १९ भदौ ।
आज बुधबार सेयर बजार ९०.७३ अंकले घटेको छ । नेप्से परिसूचक अघिल्लो दिनको तुलनामा ९०.७३ अंकले घटेर दुई हजार सात सय ३९.४६ विन्दुमा झरेको छ।
आज ३२० कम्पनीका दुई करोड ६५ लाख ८४ हजार कित्ता सेयर १२ अर्ब ९२ करोड ५६ लाख ८८ हजार रुपैयाँमा कारोबार भएको छ।
आज २१३ कम्पनीको सेयर मूल्यमा घट्दा ३१ कम्पनीको मूल्य मात्रै बढेको छ ।