२०८१ आश्विन १

लुम्बिनी प्रदेशमा शुक्रवार विदा,६ जिल्लामा आइतबार पनि
  • लुम्बिनी खोज
  • २०८१ भाद्र १९, बुधबार १२:५२ गते

बुटवल १९ भदौ ।
लुम्बिनी प्रदेश सरकाले शुक्रवार तीज पर्वका अवसरमा प्रदेशभर सार्वजनिक विदा दिएको छ । मन्त्रीपरिषदको २०८० चैत २० को निर्णय अनुसार हरितालिका तीज वर्तका अवसरमा शुक्रवार प्रदेशभर विदा दिने निर्णय भएको हो ।

यसै गरी बडका अत्तवारी पर्वको अवसरमा लुम्बिनी प्रदेशका थारू समुदायको बसोवास धेरै रहेका ६ जिल्लामा सार्वजनिक विदा दिने भएको छ । थारु समुदायको बसोजास बढी रहेको दाङ, बाँके, बर्दिया, कपिलवस्तु, रूपन्देही र पश्चिम नवलपरासीमा सार्वजनिक बिदा दिने सूचना आन्तरिक मामिला तथा कानुन मन्त्रालयले जारी गरेको छ । मन्त्रालयले बुधवार दुइ सूचना जारी गर्दै तीज र बडका अत्तवारी पर्वमा सार्वजनिक विदा रहेको जनाएको छ । थारू समुदायमा महत्वका साथ मनाइने बर्का अट्वारी पर्व यस बर्ष भदौ २३ गते आइतबार परेको छ ।