२०८१ आश्विन १

क्याम्पसको अनुगमनमा मुख्यमन्त्री
  • लुम्बिनी खोज
  • २०८१ भाद्र २०, बिहीबार १०:०३ गते

अर्घाखाँची २० भदौ ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्नातक तहको शिक्षा प्रदान गरिरहेका सामुदायिक क्याम्पसहरुलाई शैक्षिक गुणस्तर सुधार गर्नेगरी कार्यक्रम निर्माण गर्न निर्देशन दिएका छन् । शितगंगा नगरपालिकामा रहेको ज्योती भविश्वर बहुमुखी क्याम्पसको बुधवार स्थलगत अनुगमनमा मुख्यमन्त्री आचार्यले पछिल्लो समय विद्यालय तथा क्याम्पस तहको शैक्षिक गुणस्तर खस्कदै जानु चिन्ताको बिषय भएको बताए । उनले गुणस्तर सुधार गर्न योजना निर्माण गरेर लाग्न निर्देशन समेत दिए ।
क्याम्पसमा पूर्वाधार निर्माण गर्न प्रदेश र स्थानीय सरकारले ध्यान दिनुपर्ने क्याम्पस प्रमुख बिष्णु भट्टराईले बताए ।
क्याम्पसमा आवश्यकता संगै थप नयाँ संकायहरु थप गर्दै विद्यार्थीको आकर्षण बढाउने बारे स्थानीय सरकारले भूमिका खेल्ने शितगंगा नगरपालिकाका प्रमुख छविलाल पौडेलले बताए ।
जनस्तरको सहयोगमा स्थापना भएको क्याम्पसको विकासको लागी तिन तहकै सरकारले प्राथमिकितामा राख्नुपर्ने क्याम्पस सञ्चालक समितिका उपाध्यक्ष काँशिराम आचार्यले बताए ।