२०८१ आश्विन १

लुम्बिनीमा झण्डै २ हजार कर्मचारीको विज्ञापन खोल्ने तयारीः मुख्यमन्त्री आचार्य
  • लुम्बिनी खोज
  • २०८१ भाद्र २२, शनिबार १०:०८ गते

अर्घाखाँची २२ भदौ ।
लुम्बिनी प्रदेशमा कर्मचारीको अभाव हटाउन कर्मचारीको विज्ञापन खुलाउने तयारी गरिएको छ ।
प्रदेशमा देखिएको कर्मचारीको अभाव हटाउन लोक सेवा आयोग मार्फत झण्डै २ हजार कर्मचारी भर्नाको विज्ञापन खोल्ने तयारी गरेको मुख्यमन्त्री चेतनारायण आचार्यले जानकारी दिएका छन् ।
निजामती सेवा दिवसका अवसरमा जिल्ला प्रशासन कार्यालयले शनिवार अर्घाखाँचीमा गरेको शुभकामना आदानप्रदान तथा पुरस्कार वितरण कार्यक्रमलाई सम्बोधन गर्दै उनले जनउत्तरदायी भएर सेवा प्रवाहमा जुट्न निजामती कर्मचारीहरुलाइ आह्वान पनि गरे। सेवा प्रवाहलाई चुस्त, छिटो छरितो, विश्वासिलो र जनउत्तरदायी बनाउन आह्वान उनले गरे । कर्मचारीहरु प्रति समाजले हेर्ने दृृष्टिकोणमा परिवर्तन आउन थालेको भन्दै सकारात्मक परिवर्तनका लागि कर्मचारीले प्रदान गर्ने सेवा प्रवाहमा पारदर्शिता, जवाफदेही र उत्तरदायीपूर्ण हुनुपर्ने भनाइ मुख्यमन्त्री आचार्यको छ ।
उनले हुने कामहरुलाइ पनि कानुनी कुरा देखाएर अलमल्याउने काम गर्न नहुनेमा जोड दिए। कानुको शिरानी हालेर, कानुनको आड लिएर गाँठोहरु पार्न नहुनेमा उनले जोड दिए ।
मुख्यमन्त्री आचार्यले कर्मचारी तहले बल्झाउने भन्दा निकास खोज्ने काममा सक्रियता बढाउन जरुरी रहेको धारणा राख्दै भने,–कानुनको गाँठो पारेर, त्यो शिसानी हालेर जनसेवा हुन सक्दैन । यदि कानुन गाँठो परेको छ भने त्यसलाई कसरी फुकाउन सकिन्छ, हामी त्यसको निकास खोज्न तिर लाग्न जरुरी छ । निजामती कर्मचारी दिवसको अवसरमा आयोजित विभिन्न प्रतियोगितामा उत्कृष्ट कर्मचारीलाई पुरस्कृत तथा सम्मानित गरिएको छ ।