२०८१ आश्विन १

पाणिनीमा मुख्यमन्त्री आचार्यले भनेः उत्पादन र उत्पादकत्व बढाउन किसानलाई प्रोत्साहन अनुदान
  • लुम्बिनी खोज
  • २०८१ भाद्र २२, शनिबार १२:३८ गते

अर्घाखाँची २२ भदौ ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले दुग्ध उत्पादक किसानलाई आकर्षीत गर्न सरकारले प्रतिफलमा आधारित प्रोत्साहन अनुदान कार्यक्रमलाई निरन्तरता दिएको बताएका छन् ।
अर्घाखाँची जिल्लाको पाणिनी गाउँपालिमा शनिबार भएको स्वागत तथा सम्मान कार्यक्रमलाई सम्वोधन गर्दै मुख्यमन्त्री आचार्यले किसानको मागको आधारमा दुधमा दिदै आएको प्रोत्साहन अनुदानको रकम बढाउन सकिने प्रतिबद्धता व्यक्त गरे ।
उनले सुन्तलाको सुरक्षित भण्डारणका लागी प्रदेश सरकारले योजना बनाउने समेत प्रतिबद्धता व्यक्त गरे ।
पाणिनी गाउँपालिकामा चालु आर्थिक बर्षमा प्रदेशबाट बजेट राम्रो परेको छ । तर, केही योजना छुटेकाले अर्को बर्ष उच्च प्राथमिकतामा राखेर सम्वोधन गर्ने पनि उनले बताए ।