२०८१ आश्विन ३

सेयर बजार २७०१ अंकमा झर्‍यो, १० अर्ब १२ करोडको कारोबार
  • लुम्बिनी खोज
  • २०८१ भाद्र २३, आईतवार ११:३३ गते

बुटवल २३ भदौ ।
धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज २५.४६ अंकले ओरालो लागेको छ। नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार कारोबार मापक नेप्से परिसूचक २५.४६ अंकले ओरालो लागेर दुई हजार सात सय १.९० मा सीमित भएको छ।
कारोबार भएका कुल १३ उपसमूहमध्ये आज तीन उपसमूहको सेयर मूल्य उकालो लाग्दा १० उपसमूहको सेयर मूल्यमा भने गिरावट भएको छ।
कुल दुई करोड २२ लाख ६२ हजार नौ सय २४ कित्ता सेयर रु. १० अर्ब १२ करोड २४ लाख आठ जार दुई सय ४८ मूल्यमा खरिद–बिक्री भएको छ।