२०८१ आश्विन ३

५५.८६ अंक घट्यो सेयर बजार
  • लुम्बिनी खोज
  • २०८१ भाद्र २४, सोमबार ११:४८ गते

बुटवल २४ भदौ ।
नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक आज सोमबार ५५.८६ अंकले घटेको छ । आज नेप्से दुई हजार ६ सय ४६.०३ को विन्दुमा कायम भएको हो। यो २.०६ प्रतिशतको गिरावट हो।
नेप्से परिसूचक घटेसँगै कारोबार रकममा पनि गिरावट देखिएको छ। कारोबार रकम गत असार मसान्तको हाराहारीमा खुम्चिएको छ। आज तीन सय २७ कम्पनीको दुई करोड १० लाख ४८ हजार नौ सय ११ कित्ता सेयर एक लाख ११ हजार ९८६ पटक खरिद–बिक्री हुँदा रु. नौ अर्ब ४३ करोड ९१ लाख ६ हजार बराबरको कारोबार भएको छ।
आजको कारोबारमा सबै समूहको उपसूचक रातो देखिएको छ।