२०८१ मंसिर २१

खुद्रा किराना व्यवसायी संघको स्थापना दिवसमा वृक्षारोपण
  • लुम्बिनी खोज
  • २०८१ भाद्र २६, बुधबार ११:०५ गते

बुटवल २६ भदौ ।
खुद्रा किराना व्यवसायी संघ रुपन्देहीको १८ औँ स्थापना दिवसको पूर्व सन्ध्यामा वृक्षारोपण गरिएको छ । बुटवल १७ प्रतिनगरमा रहेको जनशक्ति नमुना भिमप्रसाद गोमता न्यौपाने आधारभूत विद्यालयमा वृक्षारोपण गरिएको हो ।
कार्यक्रममा बोल्दै विद्यालय व्यवस्थापन समिति अध्यक्ष टक प्रसाद न्यौपानेले खुद्रा किराना व्यवसायी संघले विद्यालयमा सामाजिक उत्तरदायित्वका कामहरू गरेको भन्दै धन्यवाद व्यक्त गरे ।
संघका अध्यक्ष महेन्द्र प्रसाद पोखरेलले संघले विभिन्न सामाजिक सेवा अन्तर्गतका काम गर्दे आएको बताउँदै अहिले विद्यालयमा वृक्षारोपण गरिएको बताए ।
सल्लाहकार कृष्ण पाण्डेले वृक्षारोपण गर्नुभन्दा पनि त्यसको सुरक्षा गर्नु चुनौती रहेको बताउँदै आवश्यक मल तथा अन्य सामाग्रीको लागि संघबाट त्यसमा व्यवस्थापन गरिने विश्वास दिलाए । कार्यक्रममा वरिष्ठ उपाध्यक्ष ज्ञान प्रसाद न्यौपाने , महासचिव दधि ज्ञवाली, नयाँ बुटवल टोल विकास समिति अध्यक्ष कृष्ण प्रसाद पोखरेललगायतले बोलेका थिए । २०६२ सालमा स्थापना भएको विद्यालयमा कक्षा ५ सम्म अध्यापन हुँदै आएको छ भने विद्यालयमा २५० जना विद्यार्थी रहेका छन्। विद्यालयमा प्रगतीनगर क्षेत्रका अधिकांश अव्यवस्थित तथा न्यून आय भएका बालकालिकाहरुले अध्ययन गर्दै आएको विद्यालयले जनाएको छ ।