२०८१ आश्विन ३

स्टार सहकारीमा बचत फिर्ताको माग
  • लुम्बिनी खोज
  • २०८१ भाद्र २७, बिहीबार १५:५५ गते

किस्ता किस्तामा रकम फिर्ताको सहमति गर्ने तयारी

बुटवल २७ भदौ ।
रुपन्देहीको सैनामैना नगरपालिका ४ स्थित मुर्गियामा रहेको स्टार बहुउदेश्यीय सहकारी संस्थाको सेवा केन्द्रका बचत कर्ताले रकम फिर्ता माग गरेका छन् । बिहिवार करिब सय जना बचतकर्ता बचत रकम फिर्ता माग गर्दै कार्यालयमा पुगेका थिए । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी नायव उपरिक्षक मनोहर प्रसाद भट्टका अनुसार बचत कर्ता भेला भएपछि इप्रका रन्यौराबाट प्रहरी टोलि खटिएको थियो । प्रनानी जंगबहादुर श्रेष्ठको कमाण्डमा खटिएको टोलिले दुबै पक्षलाई राखेर छलफलको प्रयास गरेको थियो ।
सहकारीका प्रतिनिधि र बचत कर्तालाई प्रहरी कार्यालयमा बोलाई छलफल भएको थियो । शुक्रवार दिउसो ३ बजे सहकारीको लेखा समितिको पदाधिकारीहरुलाई बोलाएर छलफल गर्ने गरी बिहिवारको छलफल टुंगिएको छ । दुबै पक्ष बसेर छलफल गर्ने र पहिलो किस्ता असोज १८ गतेसम्म र दोस्रो किस्ता २०८१ असोज १८ देखि प्रत्येक महिनाको १५ गते १५ हजारका दरले फिर्ता गर्ने गरी सहमति गर्ने गरी बिहिवारको छलफल टुंगिएको प्रहरीले जनाएको छ ।
स्टार सहकारीको सेवा केन्द्रको रुपमा रहेको यस सहकारीले करोड भन्दा बढि बचत रकम फिर्ता गर्न आनाकानी गरेको बचतकर्ताको गुनासो रहेको छ ।
बचत फिर्ता नपाएपछि मजदुर, किसान, सैलुन व्यवसायी जो आर्थिक रुपमा कम्जोर भएका बचतकर्ता बढि मारमा परेका छन् ।