२०८१ मंसिर २१
बुटवल २८ भदौ ।
लुम्विनी प्रदेशका सभामुख तुलाराम घर्ती मगरले रुकुम–पूर्वको पुथाउत्तरगंगा गाउँपालिकाका उपाध्यक्ष भुपेन्द्रा बुढासहित तीन जनाको निधन भएको घटनाप्रति दुःख व्यक्त गरेका छन् । उनले शोक विज्ञप्ती जारी गर्दैं उक्त दुःखद् घटनाले अत्यन्तै मर्माहत तुल्याएको उल्लेख गरेका छन् ।
काठमाडौैंबाट रुकुम पूर्व आउंदै गर्दा आज विहान रा १ झ २०० नम्बरको सरकारी गाडी बागलुङको गल्कोट नगरपालिका–२ भुङखानीमा दुर्घटना हुंदा उपाध्यक्ष बुुढा सहित पुथाउत्तरगंगा गाउँपालिका वडा नं २ का अध्यक्ष जस बहादुर श्रीपाली र उपाध्यक्ष बुढाको आमा गोपीमाया बुढाको निधन भएको छ । चालक प्रेम बहादुर पुन घाईते भएका छन् ।
सभामुख घर्ती मगरले दुःखद् यस घडीमा दिवंगत भुपेन्द्रा बुढासहित मृतकहरुप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गरेका छन् । साथै घाईतेको शिघ्रस्वास्थ्य लाभको कामना कामना गरेका छन् ।