२०८१ मंसिर २१
बुटवल ५ असोज ।
मानव अधिकार तथा शान्ति समाजका केन्द्रिय सल्लाहकार तथां निवर्तमान सभापति गोविन्द खनालले द्वन्द्ध पीडितले न्याय पाउनेमा आशंका जिवितै रहेको बताएका छन् । बिस्तृत शान्ति सम्झौताको भावना, मानव अधिकारका अन्तराष्ट्रि«य स्तरमा स्थापित मुल्य र मान्यता अनुसार द्वन्द पीडितहरुलाई न्याय र पीडकलाई सजाय हुने कुराको सुनिश्चितता अझै हुन नसकेको खनालले बताए ।
त्रिचालिसौं बिश्व शान्ति दिवशका अवसरमा मानव अधिकार तथा शान्ति समाजले बुटवलमा गरेको कार्यक्रममा बोल्दै खनालले ढिलो भएपनि संक्रमणकालिन न्याय सम्बन्धी कानुन निर्माण हुनु सन्तोषजनक भएको उल्लेख गरे । तर कार्यान्वयनमा इमान्दार प्रयास हुनुपर्ने कुरामा उनले जोड दिएका छन् । खनालले संक्रमणकालिन न्याय प्रक्रियालाई टुगोमा पुराउन नदिने षडयन्त्र हुन सक्ने र सौदावाजी गर्नेका विरुद्ध पीडित पक्ष तथा आम शान्तिप्रेमी न्यायप्रेमी समुदायले शसक्त आवाज उठाउन जरुरी रहेको बताए ।
सो अवसरमा संक्रमणकालिन न्याय प्रक्रियालाई टुगोमा पु¥याउन पिडितलाई न्याय पिडकलाई सजाय सुनिश्चित गर र आयोगमा पिडित समुदायको प्रतिनिधित्व सुनिश्चित गर लगायत नारा उल्लेख गरिएका प्लेकार्ड तथा ब्यानर प्रदर्शन गरिएको थियो । प्रदर्शनमा रसिया र युक्रेनबिचको युद्ध र ईजरायल र प्यालेस्टाईन बिचको युद्ध तत्काल अन्त्य हुनुपर्ने र त्यसका लागि संयुक्त राष्ट्र संघले निरिहतापन देखाउन नहुनेमा बक्ताहरुले जोड दिएका थिए । प्रदर्शन पश्चात बिश्व शान्तिको कामना गर्दै पुष्पलाल पार्कमा दिप प्रज्वलन गरिएको थियो ।