२०८१ आश्विन ८

लुम्बिनी विकास कोषका पदाधिकारी माथि आक्रमण भएको भन्दै सुरक्षा माग
  • लुम्बिनी खोज
  • २०८१ आश्विन ८, मंगलवार १३:३० गते

४९ करोड भुक्तानी नपाएको भन्दै निर्माण ब्यवसायीहरु आन्दोलनमा
लुम्बिनी ८ असोज ।
लुम्बिनी विकास कोषमा विकास निर्माणका काम गरेवापतको रकम नपाएपछि आन्दोलनमा उत्रिएका निर्माण ब्यवसायीहरु र कोषका पदाधिकारीवीच मंगलवार तनावको स्थीति सिर्जना भएको छ । रकम भुक्तानीको माग राख्दै आन्दोलनमा उत्रिएका निर्माण ब्यवसायीहरुले मंगलवार कोषका पदाधिकारी माथि नै आक्रमणमा उत्रिएको कोषले जनाएको छ । काम गरेवापत कोषबाट करिब ४९ करोड लिन बाकी छ, तर रकम नपाएपछि केही दिन यता निर्माण ब्यवसायीहरु आन्दोलित छन् । संघीय सरकारले समयमा बजेट निकास नगर्दा कोषले रकम भुक्तानी गर्न नसकेको जनाएको छ ।
दिनुपर्ने दायित्व ४९ करोड रहेकोमा संघीय सरकारबाट ४४ करोड प्राप्त भएको छ । कोषका कोषाध्यक्ष ढुण्डिराज भट्टराई(सिद्धिचरण) ले सोमबार मात्रै खातामा ४४ करोड आएको र रकम भुक्तानीको प्रक्रिया अगाडी बढाइरहेको अवस्थामा एकाएक आक्रमण भएको बताए । तर निर्माण ब्यवसायीले पटक पटक माग गर्दा पनि रकम भुक्तानीमा ढिलासुस्ती हुदै आएको बताउदै आएका छन् ।
लुम्बिनि विकास कोषका पदाधिकारीमाथि निर्माण व्यवसायीहरूले गुण्डागर्दी शैलीमा आक्रमण गरेको कोषका पदाधिकारीले बताएका छन्। राष्ट्रिय सभाको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको मंगलबार लुम्बिनी स्थित फाईभ होटलमा कार्यर्क्रम भईरहेको बेला निर्माण ब्यवसायीहरूको एक समुह होहल्ला गर्दै आक्रमणमा उत्रिएको पदाधिकारीको भनाइ छ । उनीहरुले कोषका कोषाध्यक्ष ढुण्डिराज भट्टराई र सदस्य सचिव सानुराजा शाक्यलाई आक्रमण गरेको बताइएको छ ।
केहिदिनदेखि गुरूयोजनाको कामको भुक्तानि नपाएको भन्दै आन्दोलनरत निर्माण व्यवसायीहरूको माग सम्बोधन गरि समाधान गर्न लागिरहेको बेला हुलहुज्जत सहित अपमानजनक रूपमा आक्रमण गरिएको कोषाध्यक्ष भट्टराईले बताए । उनले आफुमाथि ज्यान नै असुरक्षित हुने गरि आक्रमण भएकाले सुरक्षाको माग गरेको बताए । कोषको टालि मंगलवार साझ जिल्ला प्रशासन कार्यालय रुपन्देही पुगेर जीउ ज्यानको सुरक्षाको माग गरेको छ । सिडिओलाई भेट गरी जीउ ज्यानको सुरक्षाका बारेमा कुरा राखेको कोषाध्यक्ष भट्टराईले बताए ।
समितिका सभापति सोनाम गेल्जेन शेर्पाको अगाडि आक्रमण भएको हो । बैठक चलिरहेकै बेला आक्रमण भएको कोषले जनाएको छ । उक्त कार्यक्रममा कोषका उपाध्यक्ष डा. ल्हारक्याल लामा, राष्ट्रियसभाका सदस्यहरूको उपस्थिति रहेको थियो ।