२०८१ माघ ३

लुम्बिनी बौद्ध विश्वविद्यालयमा चिनिया भाषा प्रशिक्षण तथा सिकाई केन्द्र स्थापना
  • लुम्बिनी खोज
  • २०८१ आश्विन ११, शुक्रबार १४:४२ गते

बुटवल ११ असोज ।
लुम्बिनी बौद्ध विश्व विद्यालयमा चिनिया भाषा प्रशिक्षण तथा सिकाई केन्द्र स्थापना भएको छ । यो सिकाई केन्द्र नेपालमा चौथो र काठमाण्डौं बाहिर पहिलो हो । यहाँ एचएसके तहका परिक्षाहरु चल्ने छन् । चिनमा अध्ययनका लागी जान चाहने विद्यार्थीले अनिवार्य यो परिक्षा पास गर्नुपर्ने हुन्छ ।
सिकाई केन्द्रको औपचारीक उद्घाटन शुक्रबार लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले गरे। सो अवसरमा लुम्बिनी बौद्ध विश्व विद्यालय र चिनको हनान विश्व विद्यालयको विचमा चिनिया भाषा सिकाई केन्द्र सञ्चालन सम्वन्धमा सहकार्य सम्झौता गरिएको छ ।
कार्यक्रमलाई सम्वोधन गर्दै मुख्यमन्त्री आचार्यले नेपाल र चिन दुई देश विचको मित्रता अझ सुमधुर बनाउन सिकाई केन्द्रले योगदान गर्ने बताए ।
लुम्बिनी बौद्ध विश्व विद्यालयका उपकुलपती प्रा.डा.सुर्वणलाल ब्रजाचार्यले विश्व विद्यालयमा चिनिया भाषा प्रशिक्षण तथा सिकाई केन्द्र स्थापना हुँदा समग्र देशलाई महत्वपूर्ण टेवा पुग्ने बताए । एचएसके परिक्षाको लागी काठमाण्डौं जानुपर्ने बाध्यता अन्यत्य गर्न सफल भएकोमा खुसी व्यक्त गर्दै उनले भने, ‘चिनिया भाषा परिक्षाको लागी काठमाण्डौं धाउनुपर्ने बाध्यता थियो । अव त्यो बाध्यता हटेको छ, लुम्बिनीमा देश बाहिरका विद्यार्थीलाई ल्याउने अभियान अन्तरगत एउटा महत्वपूर्ण उपलब्धी हाँसील भएको छ ।’
बौद्ध विश्व विद्यालयका रजिस्ट्रार डा तिलकराम आचार्यले एक बर्ष अगाडी चिनको हनान विश्व विद्यालय संग भएको सहकार्य सम्झौता अनुसार चिनिया भाषा प्रशिक्षण केन्द्र स्थापना भएको जानकारी दिए । यो उपलब्धीले बौद्ध विश्व विद्यालयलाई अन्र्तराष्ट्रिय स्तरमा फैलाउन कोशेढुंगा सावित हुने विश्वास व्यक्त गरे ।
यसैविच विश्व विद्यालयमा शुक्रबारनै बुद्धिजम एण्ड नेपाल स्टडिज अध्ययन गर्ने चिनका २३ जना विद्यार्थीलाई स्वागत गरिएको छ ।
चिनको हनान विश्व विद्यालयका अध्यक्ष छ्वाङ क्वाङ लिनले नेपाल र चिन दुई देश विच सुमधुर सम्वन्ध विस्तार गर्न प्रशिक्षण सेन्टर महत्वपूर्ण हुने बताए । कार्यक्रममा नेपाल र चिनका विभिन्न संघ संस्थाका प्रतिनिधिहरुको सहभागिता थियो ।