२०८१ पुष ६
बुटवल, १३ असोज ।
पश्चिम नेपाल बस ब्यबसायी प्रालिद्वारा संचालित यात्रुबहाक विङ्गर बस धादिङ्गको झ्याप्ले खोलामा पहिरोले पुरिंदा भएको जन धनको क्षतिप्रति प्रा।लि।ले गहिरो दुःख ब्यक्त गरेको छ । पहिरोले पुरेको उक्त विङ्गर गाडीमा सवार चालकसहित सम्पुर्ण यात्रुहरुको निधन हुनु अत्यन्तै दुःखद् घटना भएको भन्दै प्रा।लि।ले सो दुर्घटनाले मर्माहत हुँदै दुःखित र स्तब्ध बनाएको जनाएको छ ।
शुक्रबार बुटवलदेखि काठमाडौका लागि गुडेको लु.१.ज. ४५७८ नम्बरको विङ्गगर गाडी प्राकृतिक बिपत्तीमा परि दर्घटनाग्रस्त हुँदा चालकसहित सबै १४ यात्रुको निधन भएको हो । प्रा.लि.द्वारा आईतबार जारी शोक बक्तब्यमा बाढी पहिरो जस्ता प्राकृतिक बिपत्तीमा परि निधन भएका सम्पुर्ण चालक र यात्रुहरुप्रति चिरशान्तिको कामना सहित हार्दिक श्रद्धान्जली ब्यक्त गरिएको छ ।
प्रा।लि।का अध्यक्ष दधिराम खरेलद्वारा जारी बक्तब्यमा आफन्तजन गुमाउने मर्महात भएका परिवारजनप्रति बिपत्तीको घडिमा ईश्वरबाट धैर्यधारण गर्ने शक्ति मिलोस भन्दै गहिरो समबेदना प्रकट गरिएको छ । साथै दैवी प्रकोपका घटना नियन्त्रणका लागि पुर्व तयारी, तत्काल उद्वार, र राहत ब्यबस्थापनका लागि उचित प्रबन्ध मिलाउन सरकार समक्ष आग्रह गरेको छ ।
बक्तब्यमा प्राकृतिक प्रकोप पिडितलाई सरकारले तत्काल उचित राहत र क्षतिपुर्ती उपलब्ध गराउन माग गर्दै प्रा.लि.ले प्रदान गर्ने राहत तथा क्षतिपुर्तीका लागि आवश्यक प्रकृया थालेर यथासिघ्र उपलब्ध गराउने प्रतिबद्धता समेत ब्यक्त गरेको छ ।