२०८१ कार्तिक १८
बुटवल २१ असोज ।
रुपन्देही प्रहरीले भन्सार छलीका ५० लाख मुल्य बराबरका कपडा बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार इलाका प्रहरी कार्यालय बुटवल, इलाका प्रहरी कार्यालय रन्यौरा र प्रहरी चौकी
बेलभरिया रुपन्देहीबाट खटिएको संयुक्त प्रहरी टोलीले ती कपडा बरामद गरेको हो । बुटवल उपमहानगरपालिका वडा नं. १५ उजेलापुरबाट लु १ ख ८३४० नम्वरको ट्रकलाई शंका लागी चेकजाच गर्ने क्रममा भन्सार छली अबैध रुपमा ल्याउदै गरेको अवस्थामा अन्दाजी ५० लाख ४२ हजार ४ सय ५० रुपैया बरावरको कपडाहरु बरामद गरेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देही सुचना अधिकारी प्रहरी नायव उपरिक्षक लक्ष्मी खनालका अनुसार प्रहरीले ट्रकको अन्दाजी मुल्य १२ लाख र कपडाको ५० लाख ४२ हजार ४ सय ५० रुपैया गरी ६२ लाख ४२ हजार ४सय ५० रुपैया वरावरको सामानहरु वरामद गरी आवश्यक कारवाहीको लागी आज सोमबार भैरहवा भन्सार कार्यालय बुझाइएको छ ।
लेडिज उलन सुट २८५७ वटा, उलन सुटको रोल कपडा ६९० रोल, कटन सुट ९८६ वटा
, अमुल सेण्डो ९६० वटा, जेन्स सट २४० वटा, जेन्स कुर्ति २३० वटा, रोल काचो कपडा १४७ वटा, टप्स २५ वटा, जेन्स सुईटर १७४ वटा, जेन्स सट पाईन्ट कपडा १२० वटा,
जेन्स हुडी ५२ वटा, जेन्स सुरुवाल ६६ वटा, जेन्स सुरुवाल ६६ वटा, जेन्स ट्याक सुरुवाल ४८ वटा, बच्चा जामा ११३ वटा, बच्चा सट १२० वटा, बच्चाको जिन्स पाईन्ट १२२ वटा बरामद गरेको प्रहरीले जनाएको छ ।