२०८१ पुष ७
भैरहवा २६ मसिंर ।
रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाले नगरको ट्राफिक व्यवस्थापनमा मुख्य चुुनौतीको रुपमा देखिएका अटो टेम्पो तथा इ–रिक्सा (तिनपाङग्रे) सवारी साधन व्यवस्थापनको लागि नियमन सुरु गरेको छ ।
सवै सरोकारवालाहरुको सर्वपक्षिय छलफलबाट बिनादर्ता र अव्यवस्थित रुपमा भैरहवा क्षेत्रमा सचांलन हुदै आएका अटो टेम्पो तथा इ–रिक्सालाई व्यवस्थित गर्न सिद्धार्थनगर नगरपालिकाले मापदण्ड तयार पारेको थियो । उक्त मापडण्ड अनुसार सिद्धार्थनगरमा बढीमा ५ सय अटो तथा ईरिक्सा सचांलन गर्न पाउने ब्यबस्था छ । त्यसको लागी नगरपालीकाले पटक पटक सुचना प्रकासित गरी ४ सय ७३ बटा ई रिक्सा दर्ता गराएको छ । अव दर्ता भएका ई रिक्सालाई मात्र नगर भित्र सचांलन गर्न दिनको लागी नियमन सुरु भएको हो । जिल्ला ट्राफीक प्रहरी कार्यालय रुपन्देहीको सहकार्यमा नियमन अभियान सुरु गरीएको हो । यसको लागी नगरपालीकाले हालै मात्र भर्ना गरेका नगरप्रहरीलाई खटाएको छ ।
बुधवारदेखी एक हप्ता सम्म नियमन गरीने र त्यसपछि अटेर गर्नेलाई कार्वाही प्रक्रियामा अगाडी बढाईने सिद्धार्थनगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जनक थापाले जानकारी दिए । दर्ता भए नभएको सजिलै छुटयाउनको लागि नगरपालिकामा दर्ता भएका ई रिक्सा चालकलाई पहेलो रगंको हाफ ज्याकेट समेत बितरण गरिएको छ ।
सिद्धार्थनगर नगरपालीकाका प्रमुख (मेयर) ईस्तियाक अहमद खानले नगरमा व्यवस्थित पाकीङ्ख गरी ट्राफीक व्यवस्थापन गर्ने, नगरलाई सुन्दरीकरण गर्ने, सही भाडादर लागुु गर्ने उदेश्यका साथ इ रिक्साको नियमन सुरु गरीएको बताए । ‘सिद्धार्थनगरलाई व्यवस्थित र सुन्दर बनाउने उदेश्यका साथ हामी अगाडी बढेका छौ । यसमा सवैको सहयोगको पनि आवश्यक छ,’ उनले भने ।
सिद्धार्थनगर नगरपालीकाकी उप प्रमुख उमा अधिकारीले ई रिक्सा ब्यबस्थापनका लागी आफुहरु निर्वाचीत भएर आए देखीनै लागी परेको र अहिले यो अभीयान सफलता उन्मुख भएको बताईन । जिल्ला ट्राफीक प्रहरी कार्यालय रुपन्देहीकी प्रमुक प्रहरी निरिक्षक रन्जु केसीले अटो टेम्पो तथा इ रिक्सासँग सम्बन्धित मापदण्ड पुुर्ण रुपमा कार्यान्यनमा लगीने भएकाले मापदण्ड पुुरा गरेर मात्र तिनपाङग्रे सवारी साधन चलाउन आग्रह गरीन् । नगरपालिकामा दर्ता हुनका लागि सम्बन्धित व्यवसायीसँग ब्लू–बुक, सवारीचालक अनुमतिपत्र र बिमालाई अनिवार्य गरिएको छ । गैरनेपाली नागरिक र बिना दर्ताका अटो टेम्पो तथा इरिक्सा संचालनमा भने प्रतिबन्ध लगाइएको छ । मापदण्ड अनुसार मुख्य सडक बाहेक किनाराका सर्भिस लेन र नगरका भित्रि सडकमा संचालन गर्नु पर्ने, रुट इजाजत लिनु पर्ने, यात्रुसँग निर्धारित भाडामात्र लिनु पर्ने, तोकिएको स्थलमा मात्र पार्किङ गरिनु पर्ने, नगरपालिकामा दर्ता भएको संकेत सवारी साधनको अग्रभागमा राख्नु पर्ने लगायतका मापदण्ड छन् ।