२०८१ चैत्र ४
बुटवल ८ पुस ।
मदिरा सेवन गरी श्रीमतीको हत्या गरेको आरोपमा प्रहरीले बुटवल–११ बस्ने ३१ वर्षीय सागर विकलाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी निरीक्षक धर्मराज खत्रीका अनुसार बुटवल उपमहानगरपालिका–११ माझगाउँ सत्यवती टोलकी २१ वर्षीया अञ्जली विकको सोमबार दिउँसो हत्या भएको छ । हत्याको आरोपमा उनकै श्रीमान् सागर विक पक्राउ परेका हुन्।
श्रीमान् श्रीमतीबिच दैनिक जसो झगडा तथा कुटपिट हुने गरेको प्ररम्भिक अनुसन्धानमा खुलेको प्रहरीको भनाइ छ । सोमबार पनि अत्याधिक मदिरा सेवन गरेर सागरले कुटपिट गर्दा दिउँसो ३ बजेतिर अञ्जलीको घटनास्थलमै मृत्यु भएको प्रहरीको भनाइ छ।
घट्नास्थलबाट काठको चिरपट बरामद भएको र सागरलाई पनि नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको प्रहरी निरिक्षक खत्रीले बताए ।