२०८१ चैत्र ४
लुम्बिनी १३ पुस ।
श्रीलंकाका पूर्व राष्ट्रपती तथा पूर्व प्रधानमन्त्री रनिल विक्रमासिंघेले शनिबार बुद्धजन्मस्थल लुम्बिनीको भ्रमण गरेका छन् । विक्रमासिंघेले शान्तिदीप, मायादेवी मन्दिरको दर्शनसँगै पुष्करणी पोखरी, अशोक स्तम्भको भ्रमण गरेका हुन् ।
पूर्वराष्ट्रपती विक्रमसिंघेलाई लुम्बिनी विकास कोषका सुरक्षा प्रमुख खगेन्द्र काफ्ले, सूचना अधिकृत राजन बस्नेत, सूचना शाखाका दिलिपसिंह राई, विकास लामाले खादाले स्वागत गरेका थिए । परिवारसहित लुम्बिनी भ्रमणमा आएका विक्रमासिंघेले मायादेवी मन्दिरको दर्शनसँगै पूजाआजा र परित्राण पाठ गरेका थिए । उनले लुम्बिनीको पछिल्लो अवस्थाबारे चासो राख्दै बुद्धको पवित्र जन्मस्थल लुम्बिनीको भ्रमण गर्न पाएकोमा खुशी व्यक्त गरे । श्रीलका बुद्धिष्ट देश भएकाले पूर्वराष्ट्रपतीले लुम्बिनीको रुचीपूर्वक भ्रमण गरेको कोषका सूचना अधिकृत राजन बस्नेतले जानकारी दिए ।
उक्त अवसरमा कोषका तर्फबाट पूर्व राष्ट्रपती विक्रमासिंघलाई मायाको चिनो समेत प्रदान गरिएको थियो । निजि भ्रमणमा आएका उनले बुद्धजन्मस्थल लुम्बिनीसँगै बृहत्तर लुम्बिनीका अन्य क्षेत्रहरुको समेत भ्रमण गर्ने जनाइएको छ ।