२०८१ चैत्र ४

गुल्मी जैसीथोक रुपन्देही सम्पर्क समाजको चौथो वार्षिक साधारणसभा सम्पन्न
  • लुम्बिनी खोज
  • २०८१ पुष १३, शनिबार १६:३८ गते

बुटवल, १३ पुस ।
गुल्मी जैसीथोक रुपन्देही सम्पर्क समाजको चौथो साधारण सभा एक कार्यक्रमका बिच बुटवलमा सम्पन्न भएको छ । गुल्मी जैसिथोक रुपन्देही सम्पर्क समाजका अध्यक्ष राजेन्द्र कुँवरको अध्यक्षतामा तथा सल्लाहकार नेत्र प्रसाद पोखेलको प्रमुख आतिथ्यतामा र आजीवन सदस्य भीमलाल पोखरेलको विशिष्ट आतिथ्यतामा कार्यक्रम सम्पन भएको थियो ।
कार्यक्रममा बोल्दै समाजका अध्यक्ष राजेन्द्र कुवरले जन्मथलो गुल्मी जैसिथोक भई बिबिध कारणले रुपन्देही र यसको सेरोफेरोमा बस्नेहरुका बिच आपसी सहयोग आदान प्रदान गर्ने उदेस्यले समाज गठन गरिएको बताउदै सोही उदेश्य अनुसार समाज अगाडी बढेको बताएका छन ।
उनले समाजलाई आगामी दिनमा आर्थिक रुपमा सबल बनाउन आबश्यक रहेको समेत बताए ।
कार्यक्रममा बोल्दै समाजका सल्लाहाकार नेत्र प्रसाद पोखरेलले समाज निरन्तर सकारात्मक काममा निरन्तर अगाडी बढनु पर्ने बताए । समाज स्थापना पछि समाजको माध्यमबाट बिभिन्न क्षेत्रमा बसोबास गर्ने जैसीथोक बासीलाई एकताबढ बनाउन र समेटन आग्रह गरे ।

समाजको चौथो बार्षिक साधारण सभामा अध्यक्षको प्रतिवेदन समाजका अध्यक्ष राजेन्द्र कुवरले प्रस्तुत गरेका थिए । समाजको कोषाध्यक्षको आय ब्यय प्रतिबेदन नारायण पोखरेलले प्रस्तुत गरेका थिए ।
कार्यक्रममा अध्यक्षको वार्षिक प्रतिवेदन तथा कोषाध्यक्षको आर्थिक प्रतिवेदन सर्वसम्मत रुपमा पारित गरिएको छ ।
२०७३ सालमा स्थापना भएको यस समाजमा अहिलेसम्म ६९ जना आजीवन सदस्य बनी सकेका छन भने संस्थाले प्रत्येक वर्ष नयाँ वर्षको शुभकामना , क्यालेन्डर प्रकाशन , तीजमिलन कार्यक्रम , दशै तथ तिहार पर्वको शुभकामना तथा वनभोज कार्यक्रम गर्दै आएको छ भने जैसीथोकवासीको हरेक सुखदुखमा साथ दिदै आएको छ ।
साधारण सभामा समाजका कार्यसमिति सदस्य यदुमणि पोखरेल , हुमाकान्त पोखरेल लगायतले शुभकामना मन्त्वय राखेका थिए । कार्यक्रमको सञ्चालन सचिव दीपक पोखरेल र धन्यवाद ज्ञापन कार्यसमिति सदस्य नरेश पोखरेलले गरेका थिय ।