२०८१ माघ २३

सिद्धार्थनगरमा २७ गतेबाट राष्ट्रपति रनिङ शिल्ड
  • लुम्बिनी खोज
  • २०८१ पुष १८, बिहीबार १५:३३ गते

भैरहवा १८ पुस ।
रुपन्देहीको सिद्धार्थनगर नगरपलिकाले चौथो राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता गराउने भएको छ ।
पालिका भित्रका सामुदायिक तथा सस्थागत बिद्यालयमा अध्ययनरत बिद्यार्थीहरुको शैक्षिक तथा शारिरिक बिकासलाई लक्षित गरेर राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता गर्न लागिएको सिद्धार्थनगर नगरपालिका प्रमुख ईस्तियाक अहमद खाँले जानकारी दिए । उनका अनुसार यही पुस २७, २८ र २९ गते सिद्धार्थनगर पालिका वडा नं १ मा रहेको पक्लिहवा माध्यमिक बिद्यालयमा प्रतियोगिता हुने छ । थप आवश्यक परे पक्लिहवा कृषी क्याम्पसको खेलमैदानलाई समेत प्रयोग गर्न सकिने गरी निर्णय भएको पनि नगरपालिकाले जनाएको छ । प्रतियोगिताको तयारी तिव्र पारिएको छ ।
विद्यालयस्तरमा रहेका प्रतिभालाई छनौट गरी उत्कृष्ट खेलाडीहरुलाई जिल्ला स्तरीय हुँदै प्रदेश र राष्ट्रिय प्रतियोगितामा समावेश गराउने उद्देश्यले रनिङ शिल्ड आयोजना गरिएको नगरपालिकाका शिक्षा युवा तथा खेलकुद बिकास शाखा प्रमुख चेतनशिल लम्सालले जानकारी दिए । प्रतियोगितमा तेक्वान्दो, एथलेटिकस, कब्बडी, भलिवल जस्ता खेल हुने छन् । प्रतियोगिता सचांलनकालागी खेल संयोजकहरु पनि तोकिएको छ । तेक्वान्दो तर्फ दिपेन्द्र बुढाप्रिती, एथलेटिक्स तर्फ कृष्ण शाक्य, कब्बडी तर्फ महेन्द्र बहादुर सुनार र भलिवल तर्फ दिनेश आचार्यलाई सयोजक तोकिएको छ ।
प्रतियोगितामा सिद्धार्थनगर नगरपालिका अन्तरगत रहेका सामुदायिक, संस्थागत बिद्यालयहरुको सहभागिता रहने छ ।