२०८१ पुष २५
बुटवल, २२ पुस ।
नेकपा माओवादी केन्द्रको केन्द्रिय समिति आइतबारदेखि सुरु भएको केन्द्रीय समिति बैठकमा सबै केन्द्रिय सदस्यले धारणा राख्ने भए पछि पुस २४ सम्म सञ्चालन हुने भएको हो ।
अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आइतबार पेस गरेको राजनीतिक प्रतिवेदनमाथि छलफल गर्न प्रत्येक सदस्यलाइ तीन–तीन मिनेटको समय निर्धारण गरिएकाले पनि समय नपुग्ने भन्दै पुस २४ सम्म लम्बाइएको हो । बैठकमा प्रचण्डले ३० पृष्ठ लामो प्रतिवेदन पेस गरेका छन, जहाँ आज र भोली केन्द्रिय सदस्यहरूले धारणा राख्नेछन भने पुस २४ गते अध्यक्ष प्रचण्डलगायतका पदाधिकारीले जवाफ दिए पछि सम्पन्न हुने गरी कार्यतालिका निर्धारण गरिने भएको छ ।
पार्टीको आइतबारदेखि सुरु भएको केन्द्रीय समिति बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो राजनीतिक प्रतिवेदन पेस गर्दै माओवादीको रूपान्तरण र पुनर्निर्माणका लागि भन्दै ठोस नीति, कार्यक्रम र योजना अघि सारेका हुन् । ११ बुँदे नीति, कार्यक्रम र योजनामा पार्टीका नेता कार्यकर्ताको आचरण र कार्यशैली सुधार्नुको विकल्प नभएको जोड दिइएको छ । यस्तै पार्टी सरकारमा हुँदा वा नहुँदा नेतृत्वले गरेको सकारात्मक पहलका कारण माओवादीलाई रूपान्तरण र पुनर्निर्माणका लागि राम्रो अवसर प्राप्त भएको प्रतिवेदनमा उल्लेख छ ।
यस्तै प्रचण्डले पार्टीको सदस्यता वितरण व्यापक बनाउने योजना अघि सारेका छन् । जसअनुसार पेशागत हकहितको रक्षाका लागि व्यापक अभियान सञ्चालन गर्ने योजना प्रतिवेदनमा समेटेका छन् । संगठन निर्माणको क्रममा माओवादीले तराई मधेसलाई विशेष ध्यान समेत दिएको छ । त्यसका लागि अहिले स्थायी कमिटीको बैठक चलिरहेको छ।